विराटनगर । विराटनगर महानगरपालिका-१५ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आईतबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री ईटहरी-५ का ३२ वर्षीय सुरज चौधरी र सुन्दरहरैचा-८ का ३० वर्षीय निशान पुलामी मगरलाई ४ ग्राम ९६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
लागुऔषधसहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फोटो: फाइल