गणतन्त्र दिवसको दिन विराटनगरमा ‘युवा विचार उत्सव’ हुने

<span class='c1'>गणतन्त्र दिवसको दिन विराटनगरमा</span> <span class='c2'>‘युवा विचार उत्सव’ हुने</span>

विराटनगर । युवाहरूमा वैचारिक चेतनाको विकास गर्ने उद्देश्यले विराटनगरमा ‘युवा विचार उत्सव’ आयोजना गरिने भएको छ । राष्ट्रिय गणतन्त्र दिवशको उपलक्ष्यमा जेठ १५ गते विराटनगरस्थित एलिट क्लबमा दिउँसो साढे ११ बजेदेखि सो कार्यक्रम आयोजना हुन लागेको हो ।

विराट युवा विचारक मञ्चका संयोजक प्रमिल अधिकारीले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी दिएका हुन् । उनले विचार उत्सवले मुलुकका विभिन्न सामाजिक, आर्थिक र राजनैतिक मुद्दाहरुमा युवाहरुको आलोचनात्मक सोचाई विकास गर्ने बताए ।
‘विराटनगर राजनैतिक तथा वैचारिक क्षेत्रको उद्गम भुमिको रुपमा चिनिन्छ । युवाहरुमा मुद्दाहरु पहिचान, सैद्धान्तिक पक्ष र व्यवहार रुपान्तरणसम्मको आलोचनात्मक चेतनाको विकास गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ,’ अधिकारीले भने ।

कार्यक्रममा राष्ट्रियस्तरका राजनीतिक दलहरुका नेताहरु तथा युवा उद्यमी एवम् बुद्धिजीविहरुको सहभागिता रहनेछ । कार्यक्रममा ‘नेपालको राजनीतिमा युवा नेतृत्व, सम्भावना र चुनौति’ र ‘नेपाली मैलिकतामा नविनता ः उद्यमशीलता र संस्कृति’ विषयमा बहस पनि हुनेछ । करिब २ सय युवाहरुको सहभागिता हुने आयोजकको दाबी छ । कार्यक्रमको समापन पश्चात विराट युवा विचारक मञ्चले नियमित रुपमा युवा केन्द्रित वैचारिक बहस एवम् पैरवी कार्यक्रमहरु सञ्चालन गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्