विराटनगरका गायक सुमित खड्का राष्ट्रिय गीत गाएर विश्व रेकर्ड गर्ने तयारी

<span class='c1'>विराटनगरका गायक सुमित खड्का राष्ट्रिय गीत</span> <span class='c2'>गाएर विश्व रेकर्ड गर्ने तयारी</span>

विराटनगर । मनमा आँट, विश्वास र हौसला लिए कुनै पनि कुरा असम्भव छैन । अझ मनकारी सहयोगी भेटिए असम्भव कुरा पुरा गर्न सकस पनि हुँदैन ।
विराटनगरका सुमित खड्काले आइतबार विराटनगरमा विश्वमा नै सबैभन्दा धेरै राष्ट्रिय गीत गाएर विश्व रेकर्ड तोडेका छन् ।
खड्काले यसअघि ५०६ वटा राष्ट्रिय भावनाले ओतप्रोत राष्ट्रिय गीत गाइसकेका थिए । न्यू सृष्टि दैनिकले लगानी गरेको ‘देशले खोजेको मान्छे ’ एल्बम विमोचन पश्चात खड्का विश्वमा सबैभन्दा बढी राष्ट्रिय गीत गाउने गायकका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउन आवश्यक प्रक्रिया थालिएको छ ।


एल्बममा कुल ८ गीत छ । विमोचन पछि उनले गाएका राष्ट्रिय गीतको संख्या ५१४ पुगेको छ, जुन विश्वमा हालसम्म कसैले पनि गाएकै छैनन् । आरोहण गुरूकुलमा आयोजना गरिएको विशेष कार्यक्रममा एल्बमको विमोचन गरियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, सभासद भीम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, मोरङ एसपी नवराज कार्की, नेकपा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य महेश रेग्मी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी अध्यक्ष राजेन्द्र राउत, मोरङ उद्योग व्यापार संघका वरीष्ठ उपाध्यक्ष अनिलकुमार साह र ब्रह्मकुमारी राजयोग सेवा केन्द्र कोशी अध्यक्ष गीता दिदीले संयुक्त रूपमा एल्बमको विमोचन गरेका थिए ।


कार्यक्रममा बोल्दै न्यू सृष्टि दैनिकका प्रधान सम्पादक÷ प्रवन्धक एवं एल्बमका प्रस्तुतकर्ता शंकर खरेलले एल्बम विमोचन पश्चात विश्वमा नै सबैभन्दा धेरै राष्ट्रिय गीत गाउने कलाकारका रूपमा खड्का स्थापित भइसकेको बताए । उनले यसअघिका ५०६ र एल्ब

मको ८ गीत जोड्दा जम्मा ५१४ गीत हुने र यति संख्याको गीत गाइसकेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा सबैभन्दा धेरै राष्ट्रिय गीत गाउने गायकको रूपमा खड्का दर्ता हुने भएकोले स्थानीय कलाकारको प्रवद्र्धन र प्रोत्साहनकालागि न्यू सृष्टि दैनिकले आफ्नै लगानीमा एल्बम तयार गरेको बताए ।
मोरङ प्रजिअ भट्टराईले विश्वको सबै ठाउँमा खड्काको गीत गुञ्जन पुग्नु भनेको नेपालीहरूकालागि गौरवको विषय भएको बताए ।


रेकर्डमा नाम दर्ता गराउन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र कोशी प्रदेश सरकारको प्रमाणीकरण आवश्यक पर्छ । महासंघ र प्रदेश सरकारले प्रमाणीकरणकालागि कुनै अवरोध नगर्ने वचन दिएका छन् । एल्बममा राष्ट्रिय भावनाले ओतप्रोत कुल ८ राष्ट्रिय गीत समावेश छ । ध्रवराज पौडेल, एस्पी कोइराला, पारममण्ी बराल, अमर वान्तु, सुरेन्द्र खड्का, माधव पोख्रेल, चुडामणी देवकोटा र कल्याण श्रेष्ठको रचना रहेको गीतको संगीतकार शक्ति बल्लभ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्