विराटनगर । विराटनगर–९ मा अचिभर्स कन्सल्टिङ्ग सर्भिसेजले नेपाली विद्यार्थीको गुणस्तरीय शिक्षाको चाहनालाई साकार पार्न गुजरातको बरोडरा स्थित पारूल युनिवर्सिटीसँग सम्झौता गरेको छ ।
विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै अचिभर्सका संचालक सुनिलकुमार जायसवालले शिक्षा मन्त्रालयबाट शैक्षिक परामर्शकालागि अनुमति प्राप्त विश्वसनीय अचिभर्सले सुलभ दरमा नेपाली विद्यार्थीले उच्च शिक्षा हासिल गरून् भन्ने उद्देश्यले पारूलसँग सम्झौता गरेको जानकारी दिएका छन् ।
अचिभर्सको ३ योजना रहेको समेत जनाएको छ । नेपालमा नै बसेर एमबीबीएसदेखि इन्जिनियरिङ्गसम्मको उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीकालागि विश्व स्तरीय तयारी कक्षा अचिभर्सले संचालन गर्दै आएको जायसवालले बताए । भारतमा सुरक्षित वातावरणमा पारामेडिकल, इन्जिनियरिङ्ग, डिजाइन, होटल म्यानेजमेन्टजस्ता २ हजार ५ सयभन्दा बढी विषय र संकायमा अध्ययन गर्न चाहने विद्यार्थीकालागि चर्चित डबल ए प्लस क्याटोगरीको पारूल युनिवर्सिटीसँग सम्झौता गरिएको जायसवालले पत्रकार सम्मेलनमा जानकारी दिए ।
बङ्गलादेश, अष्ट्रेलिया, युके, न्यूजील्याण्ड, युएसए, क्यानाडा र युरोपमा अध्ययन गर्नका लागि उचित परामर्शकासाथै त्यहाँका उत्कृष्ट विश्वविद्यालयमा विद्यार्थीलाई काठमाडौबाट उडान र सम्बन्धित ठाउँमा बसोबासको समेत व्यवस्थाका साथ भर्ना गरिने जनाइएको छ ।
पारूलका सहायक बजार व्यवस्थापक निरजकुमार साहले सस्तोमा उच्च शिक्षा प्रदान गर्ने प्रतिष्ठित विश्वविद्यालयमध्ये पारूल पनि एक रहेको बताए । उनले पारूल १५० एकडमा फैलिएको उत्कृष्ट युनिवर्सिटी रहेको बताए । पारूलमा अध्ययन गरिसकेका २४ हजारभन्दा बढी विद्यार्थीले २२०० कम्पनीमा रोजगारी पाएको साहले बताए । पारुलमा हाल ४ हजार भन्दा बढी नेपाली विद्यार्थीहरु अध्ययनरत छन् ।