विराटनगरमा श्रमाधान रोजगार मेला : प्रधानमन्त्रीले उद्घाटन गर्ने

<span class='c1'>विराटनगरमा श्रमाधान रोजगार मेला</span> <span class='c2'>: प्रधानमन्त्रीले उद्घाटन गर्ने</span>

विराटनगर । विराटनगरमा आगामी बिहीबार (जेठ–१७) श्रमाधान रोजगार मेला आयोजना गरिने भएको छ । कोशी प्रदेशस्तरीय मेला रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गर्ने भएको हो ।

नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिने भएको हो । देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ कोशी प्रदेशको विराटनरबाट जेठ १७ गते शुभारम्भ हुनेछ । कोशी प्रदेशबाट सुरु हुने मेलाको भव्य कार्यक्रमबीच बिहान १०ः०० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले उद्घाटन गर्ने कार्यक्रम राखिएको छ ।

सप्तकोशी सिटी प्यालेसमा हुने मेलामा युवाले देशभित्रै काम पाउने वातावरणका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवर्धन गरिने भएको छ । मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रुपमा लिइएको छ । अर्थात्, रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु स्थल हुने दावी छ । समग्रमा, नेपाल सरकारले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्न ‘श्रमाधान रोजगार मेला’को महत्वपूर्ण भूमिका बताइएको छ ।

मेलामा श्रमिक तथा सरोकारवालाले रोजगारीसँग जोडिएका गुनासा पनि राख्न सक्नेछन् । मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने र अवसरको पहिचान कसरी गर्ने भन्ने विषयमा पर्याप्त जानकारी पाउन सक्नेछन् । त्यस्तै रोजगारीका लागि आवश्यक सीपका बारेमा पनि मेलामा जानकारी गराइनेछ । सम्बन्धित निकायले रोजगारीका क्षेत्रमा देखिएका समस्या तथा गुनासा सुनेर समाधानका उपाय निकाल्ने वातावरण बनाउने योजना राखिएको छ ।

मेलामा वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोष तथा विभिन्न म्यानपावर कम्पनीका छाता संगठनको सहभागिता रहनेछ । कोशी प्रदेशमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको संयोजनमा हुने उक्त मेलामा श्रम मन्त्रालय र मातहतका सबै निकाय एवं विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहनेछन् । मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाल लगायतले पनि स्टल राखिने दावी छ ।

मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ । जेठ १७ गते कोशी प्रदेशबाट सुरू हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ । कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बागमतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ । यस श्रमाधान रोजगार मेलामा रोजगार दिने र रोजगार पाउनका लागि जोडिनका निम्न लिंकमा सम्पर्क गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्