विराटनगरको बेरुजु मोरङका १७ पालिकामध्ये सबैभन्दा कम

<span class='c1'>विराटनगरको बेरुजु मोरङका १७</span> <span class='c2'>पालिकामध्ये सबैभन्दा कम</span>

विराटनगर । आर्थिक सुशासनमा विराटनगर महानगरपालिका सुधारउन्मुख देखिएको छ । महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनमा मोरङमा १७ पालिकामध्ये कम बेरुजु प्रतिशत भएको पालिकामा विराटनगर महानगरपालिका परेको हो ।

विराटनगर महानगरपालिकाको हालसम्मको ६ अर्ब ८९ करोड ३१ लाख ६३ हजार रुपैयाँ रकम लेखापरीक्षण भएको हो । जसमा बेरुजू रकम भने ७ करोड ११ लाख ५३ हजार अर्थात् १.०३ प्रतिशत मात्रै छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिकामा १ अर्ब ३८ करोड ९८ लाख ३८ हजार रुपैयाँ मध्ये ४ करोड ८९ लाख २५ हजारको लेखा परीक्षण भएको छ । पथरीशनिश्चरेको बेरुजु ३.५२ प्रतिशत देखिएको छ । जिल्लामा यो सबैभन्दा धेरै बेरुजू देखिएको पालिकामा परेको छ ।
मोरङको सुन्दरहरैंचामा ३ अर्ब ६ करोड ५६ लाख ८९ हजार लेखापरीक्षण गर्दा ९ करोड ९२ लाख ३८ हजार बेरुजू पुगेको छ । कानेपोखरी गाउँपालिकाको १ अर्ब ७७ करोड ८८ लाख ८४ हजार रुपैयाँको लेखापरीक्षण भइसक्दा बेरुजू रकम भने ५ करोड ५३ लाख ४० हजार छ ।

केराबारी गाउँपालिकाको बेरुजू ४ करोड ३६ लाख ९८ हजार, जहदा गाउँपालिकाको ४ करोड ४१ लाख ८३ हजार, उर्लाबारी नगरपालिकाको ६ करोड ७६ लाख ९५ हजार, रंगेली नगरपालिकाको ४ करोड ६३ लाख ५२ हजार, बेलबारी नगरपालिकाको ३ करोड ५९ ला २ हजार, रतुवामाई नगरपालिकाको ३ करोड ४५ लाख ४० हजार, लेटाङ नगरपालिकाको ३ करोड ३५ लाख ५६ हजार, सुनवर्षी नगरपालिकाको २ करोड ७१ लाख १० हजार रुपैयाँ बेरुजू रहेको छ ।

कटहरी गाउँपालिकाको २ करोड ५७ लाख ३५ हजार, ग्रामथान गाउँपालिकाको २ करोड १८ लाख ५९ हजार, धनपालथान गाउँपालिकाको ४ करोड ६ लाख २० हजार, बुढीगंगा गाउँपालिकाको ३ करोड ७२ लाख ७८ हजार र मिक्लाजुङ गाउँपालिकाको बेरुजू ४ करोड ४५ लाख १५ हजार रुपैयाँ रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । उक्त बेरुजू रकम स्थानीय तहको गठन भएयताको ७ वर्षमा कायम भएको रकम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्