विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रेस सल्लाहकारमा विराटनगरका पत्रकार बिक्रम लुईटेललाई नियुक्त भएका छन् । मुख्यमन्त्री कार्कीले पत्रकार लुईटेललाई सोमबार आफ्नो प्रेस सल्लाहाकारमा नियुक्त गरेका हुन् ।
पत्रकार लुईटेल नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका संस्थापक अध्यक्ष एवं प्रेस चौतारी नेपालका केन्द्रीय सचिव हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय उनी नेपाल पत्रकार महासंघ मोरङको सचिव हुँदै महासंघको नेतृत्व गर्दै आएका हुन् ।
मुख्यमन्त्री कार्कीले यसअघि मुख्य न्यायाधीवक्तामा नारायण वस्ती र प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. राजेन्द्र अधिकारीलाई नियुक्त गरिसकेका छन् । यस्तै जनसम्पर्क सल्लाहकारमा रवि खनाल र प्रमुख स्वकीय जीवन कार्की नियुक्त भइसकेका छन् ।