विराटनगरमा भजन किर्तन प्रतियोगिता, एउटै कार्यक्रममा ४२ मण्डली सहभागि

<span class='c1'>विराटनगरमा भजन किर्तन प्रतियोगिता, एउटै</span> <span class='c2'>कार्यक्रममा ४२ मण्डली सहभागि</span>

इन्दु साह
विराटनगर । जेठ १५ गते गणतन्त्र दिवसको दिन विराटनगर–४ मा भजन किर्तन प्रतियोगिता कार्यक्रम आयोजना गरिएको छ । प्रतियोगिताको एउटै कार्यक्रममा ४२ भजन मण्डली समूहले सहभागिता जनाएका छन् ।

विराटनगर ४ कन्चनबारीस्थित शुभम् पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा तीन सय जना भन्दा बढी भक्तजनहरु सहभागि भएका छन् । ‘समृद्ध नेपाल सुखी नेपाली हाम्रो चाहना, कला र संस्कृतिको संरक्षण हाम्रो भावाना’ भन्ने नारासहित आयोजित कार्यक्रममा नेपाली, मैथिली र थारु भाषाका भजनहरु प्रस्तुती गरिएका छन् ।

मंगलबार बिहान १० बजेदेखि सुरु भएको कार्यक्रम साँझसम्ममा सम्पन्न हुने आयोजक नेपाल एमाले विराटनगर–४ का वडा अध्यक्ष नवराज काफ्लले जानकारी दिएका छन् । सहरमा साथीसंगी भेटघाटका लागि घरघरमा गरिने भजन किर्तनलाई प्रतिष्पर्धात्मक कार्यक्रममार्फत संस्थागत गर्न प्रयास गरिएको उनले बताए ।

भजन भण्डलीहरुले भगवानको नाममा गाएका भजनसँगै हलमा भेला भएकाहरु आनन्दसँग नाचिरहेका छन् । भजन मण्डलीहरुलाई कार्यक्रममार्फत समेट्ने प्रयास गरिएकोमा सहभागिहरु खुशी व्यक्त गर्दछन् । एकै छिन् भजन गाउँदै भगवानको नाममा समय दिदाँ मख्ख पर्नेहरुले गुणगान गाउँदै प्रतियोगितामा सहभागिता जनाउन पाएको बताएका छन् । समूहमा विभिन्न नाम दिएर मण्डली निर्माण गरिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्