विराटनगर । गणतन्त्र दिवसको अवसरमा विराटनगर–३ हाम्रो चौक उत्तरतर्फको नहरमा नेपाल हातेमालो मञ्चले बृक्षारोपण गरेको छ । नहरको उकास क्षेत्रमा १५० वटा विभिन्न प्रजातीका बिरुवा रोपिएको हो ।
हातेमालो मञ्चका सचिव सोनु सरदारका अनुसार वडा अध्यक्ष बासबहादुर बस्नेत र महानगर नगर प्रहरी निरीक्षक राजन पौडेलको उपस्थितिमा रोपिएका बिरुवाको संरक्षण स्थानीयवासीले गर्नेछन् । हातेमालो मञ्चले साप्ताहिक रुपमा बिरुवाको हेरचाह तथा झारजंगल गोडमेल गर्नेछ ।
‘जिन्दगीमा एउटा रुप रोप्नु, जसको छहारी पाउने अपेक्षा तपाईँले आफैंले राख्नु हुन्न’ भन्ने मान्यतासहित बिरुवा रोपिएको हो । बिरुवा अरुका लागि रोप्नुपर्ने र जसको छहारीको आनन्द अरुले नै लिन सकुन् भन्ने उद्देश्य राखिएको अध्यक्ष धर्म गुरुङले बताए ।