मुद्दा लड्ने पैसा छैन, अदालतमा हुन्छन् वैतनिक वकिल

<span class='c1'>मुद्दा लड्ने पैसा छैन,</span> <span class='c2'>अदालतमा हुन्छन् वैतनिक वकिल</span>

इन्दु साह
विराटनगर । अड्डा अदालत भन्ने वितिक्कै सर्वसाधरणले पैसा र समयको नास भन्ने बुझ्दछन् । कुनै मुद्दा मामिला गर्नुपरेमा वकिलले लिने शुल्क बढि हुन्छ भन्ने बुझाई हुन्छ । मुद्दा मामिलामा नागरिक वकिलको शुल्कबाट नै त्रसित हुन्छन् । तर, अदालतले भने आर्थिक स्थित कमजोर हुनेहरुको लागि वैतनिक कानुन व्यवसायीको सुविधा दिएको हुन्छ ।

कतिपय सेवाग्राहिलाई वैतनिक वकिल हुन्छ भन्ने थाहा हुँदैन । मोरङ जिल्ला अदालतमा समेत एक जना वैतनिक वकिलको सुविधा रहेको छ । आर्थिक स्थिति कमजोर भएकाहरुको मुद्दा वैतनिक कानुन व्यवसायी मार्फत निःशुल्क हेरिने गरिएको छ । नेपाल सरकारको वादी भएका फौजदारी मुद्दाहरुको वकालतनामा नपरेको, निम्न वर्गीय, असाहाय जस्ताका मुद्दाहरु वैतनिक वकिलले हेर्ने गरेका छन् । अदालतले वैतनिकले हेरीदिनु पर्ने मुद्दाहरुमा श्रेस्तेदार तथा न्यायधीशले पत्र पठाउने गरेको मोरङ जिल्ला अदालतका वैतनिक कानुन व्यवसायी कमलराज खतिवडाले बताए । उनको अनुसार कतिपय सेवाग्राहिले पहिले निजी कानुन व्यवसायीमार्फत लेखापढी गरेर वकालतनामा हालेको तर वकिललाई शुल्क बुझाउन नसक्दा बहस गरिदिने नहुँदाको अवस्थामा वैतनिकले हेर्ने गरेका छन् । संस्था खडा भएर आएका मुद्दाहरु भने वैतनिक वकिलले हेर्न नमिल्ने खतिवडाको भनाई छ । संस्थाहरु वकिल राख्न सक्षम हुने भएकोले संस्था खडा भएका मुद्दाहरु हेर्न नमिल्ने बताए ।

उनले मोरङ जिल्ला अदालतका बढि जसो हेर्ने मुद्दामा जवरजस्ती करणी र सम्वन्ध विच्छेदका छन् । मोरङ जिल्ला अदालतका सुचना अधिकारी ओम सुवेदीका अनुसार वैतनिक वकिल नियुक्ति वैतनिक कानुन व्यवसायीको नियुक्ति तथा सेवाको सर्तसम्बन्धी निर्देशिका, २०७६ मा उल्लेख बमोजम हुने गरेको छ ।

वैतनिक कानुन व्यवसायीले गर्नुपर्ने सेवा प्रदान वर्गिकृत कार्यहरुमा लिखत तयार गर्ने, टेम्प्लेट भर्ने, परमर्श सेवा, साक्षी परीक्षण, बहस, कारागार भ्रमण लयायत छन् । मोरङ जिल्ला अदालतमा वैतनिक वकिलले दश महिनाको अवधीमा १८७ वटा बहस गरेका छन् । २०७९ असारसहित २०८० श्रावणदेखि चैत्रसम्ममा ७९ लिखत तयार, १२९ सेवाग्राहीलाई परामर्श सेवा, ३८ पटक कारागर भ्रमण, १२८ साक्षी परीक्षण लगायत कार्य भएका छन् । दश महिनाको अवधीमा मात्रै ६३४ व्यक्तिले वैतनिक मार्फत सेवा प्राप्त गरेका छन् । वैतनिक कानुन व्यवसायीको नियुक्ति तथा सेवाको सर्तसम्बन्धी निदेर्देशिका, २०७६ को दफा १ अनुसार हरेक अदालतले वैतनिक कानुन व्यवसायीको पद रिक्त हुनुभन्दा कम्तीमा १ महिनाअगावै नियुक्तिको लागि अधिवक्ताहरुमध्येबाट दरखास्त आहवान गर्नुपर्ने हुन्छ ।

मोरङ जिल्ला अदालतले दिने गरेको तारिख पर्चाको पछाडी भागमा मोरङ जिल्ला अदालतको अनुरोध भनी ७ बुँदाहरुमा अदालतले प्रदान गर्ने सेवाहरु खुलाईएको छ । उक्त बुदाँको ५ नम्बरमा असाहाय पक्षहरुका लागि अदालतका वैतनिक कानुन व्यवसायीको निःशुल्क सेवा उपलब्ध रहेको जानकारी उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्