सन्दीप लामिछानेलाई भिसा नदिएको भन्दै समर्थकहरु आन्दोलित (फोटो फिचर)

<span class='c1'>सन्दीप लामिछानेलाई भिसा नदिएको भन्दै</span> <span class='c2'>समर्थकहरु आन्दोलित (फोटो फिचर)</span>

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा स्पिनर सन्दीप लामिछानेलाई टी–ट्वान्टी विश्व कप खेल्न जान काठमाडौंस्थित अमेरिकी दुतावासले भिसा नदिएको भन्दै उनका समर्थकहरुले विरोध प्रदर्शन गरेका छन् ।

बुधबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएर सन्दीपका समर्थकहरुले दुतावासलाई दबाब दिन विरोध प्रदर्शन गरेका हुन् ।

लामिछानेलाई भिसा नदिए नेपालस्थित अमेरिकी राजदूतावासमा धर्ना बस्ने समेत उनीहरुको चेतावनी थियो । उनीहरुले लामिछानेलाई टी–२० विश्वकपकपबाट बञ्चित गराउने सडयन्त्र भइरहेको उल्लेख गर्दै उनलाई अमेरिका पठाउन सरकारीस्तरबाट पहल हुनुपर्ने बताए ।

सन्दीप लामिछाने भिसाका कारण अमेरिका उड्न नसकेपनि नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आज अमेरिकातर्फ प्रस्थान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्