मोरङ, सुनसरी र पाँचथरबाट लागुऔषधसहित ५ जना पक्राउ

<span class='c1'>मोरङ, सुनसरी र पाँचथरबाट</span> <span class='c2'>लागुऔषधसहित ५ जना पक्राउ</span>

विराटनगर। मोरङ, सुनसरी र पाँचथर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र निषेधित औषधीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार बेलुका जिल्ला प्रहरी कार्यालय पाँचथरबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले फिदिम नगरपालिका-४ का २३ वर्षीय सरोज पदालुङ (लिम्बू) को साथबाट ५० मिलिग्राम ब्राउनसुगर र फिदिम-१ का २३ वर्षीय चुक्से भन्ने दिल बहादुर राईको साथबाट ८० मिलिग्राम ब्राउन सुगर, नगद ४३ हजार ६ सय रुपैँया सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का ३६ वर्षीय राम चन्द्र खड्का र २२ वर्षीय सुजन परियारलाई इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले स्पाइसरेष्ट र ट्रामानिल समेत गरी ३ सय ७० ट्याब्लेट निषेधित औषधी सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका-१ का ३१ वर्षीय सुमन तामाङलाई लुपिजेसिक, फेनारागन, डाईजेपाम र एभिल गरी जम्मा ३६ एम्पुल औषधीसहित पक्राउ गरेको छ ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्