विराटनगरमा श्रमाधान रोजगार मेलामा एक हजार ५०० जनालाई निम्ता

<span class='c1'>विराटनगरमा श्रमाधान रोजगार मेलामा एक</span> <span class='c2'>हजार ५०० जनालाई निम्ता</span>

विराटनगर । विराटनगरमा बिहीबार र शुक्रबार आयोजित श्रमाधान रोजगार मेलामा एक हजार ५०० आकांक्षीलाई कार्यस्थलका लागि निम्ता दिइएको छ ।

श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रसँगको साझेदारीमा आयोजना गरेको मेला अवलोकनमा आउने पाँच हजार मध्ये रोजगारदाता कम्पनीको सम्पर्कमा एक हजार ५०० ले पहुँच पाएका हुन् । मेलामा रोजगारीका लागि आवेदन दिनेको संख्या दुई हजार रहेको मन्त्रालयका उपसचिव सुशील आचार्यले जानकारी दिनुभयो ।

सप्तकोशी सिटी प्यालेस परिसरमा सुनसरी–मोरङ औद्योगिक क्षेत्रका ३४ औद्योगिक प्रतिष्ठान, छ वटा सीपमुलक तालिम प्रदायक संस्था, बैंक, वित्तीय तथा बिमा कम्पनी लगायतको ५० स्टल रहेका थिए । स्टल अवलोकनका लागि लक्षित वर्गबाटै पाँच हजारले सहभागिता जनाएका थिए ।
श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयका सहसचिव आचार्यका अनुसार मेलास्थलबाट सोझै कार्यस्थलमा ४० जनाले रोजगारी अवसर पाएका छन् । मेलास्थलमा आएकामध्ये एक हजार ५०० आकांक्षीलाई कार्यस्थलसम्म आएर बाँकी प्रक्रिया पुरा गर्न रोजगारदाता कम्पनीले आह्वान गरेका हुन् ।

रोजगार आकांक्षी र रोजगारदाताबीच प्रत्यक्ष भेटघाटको अवसरका क्रममा औद्योगिक प्रतिष्ठानका लागि आवश्यक कामदारको बढी माग भएको छ । सुनसरीको रिलायन्स स्पिनिङ मिल्स प्रा.लि.ले मात्रै एकहजार ५० जना कामदारलाई रोजगार दिइने भन्दै आकांक्षीहरुलाई सम्पर्कमा आउन भनेको छ । यस्तै रघुपति जुट मिल्सले पनि विवरण भरेकाहरुलाई सम्पर्कमा आउने आग्रह गरेको छ ।
रिलायन्स मिल्सले मेसिन अपरेटर ९७५, प्राविधिक सहयोगी १५०, जेनरल स्टाफ एण्ड असिस्टेन्ट २५ जनाको विवरण मन्त्रालयका अधिकारी समक्ष पठाएको हो । सरकारले २४ घण्टा नै बिद्युतको आपूर्ति उद्योगमा गरिदिने वातावरण निर्माण गरे रोजगार मेलामा आएकाहरुको व्यवस्थापन गर्न उद्योग प्रतिष्ठान तत्काल तयार हुने बताइएको छ ।

रोजगार मेला निजी क्षेत्रसम्वद्ध संघ तथा संगठनले समेत लगाउँदै आएका छन् । यद्यपी सरकारले यस पटक लगाएको मेलामा सीपमुलक तालिमको अवसर लिनका लागि आउनेहरुको संख्या समेत उतिकै रहेको उपसचिव आचार्यले जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले सरकारले निजी क्षेत्रसँगको सहकार्यमा आयोजना गरेको रोजगार मेला निक्कै फलदायी देखिएको बताउनुभयो । उहाँले मेलामा आउनेहरुले केहि न केहि आसा राखेर आएकोले त्यसको सम्बोधन गर्न तीन तहका सरकार र निजी क्षेत्रबीच थप सहकार्य बढाउँदै लगिने बताउनुभयो ।

आसा राखेर आउने युवाहरुलाई निजी क्षेत्रले अवसर सिर्जना गरिदिने प्रतिवद्धता जाहेर गरेकोले सीप र दक्षताका आधारमा औद्योगिक प्रतिष्ठानले छनौट प्रक्रिया थाल्ने महासंघ कोशीका अध्यक्ष राउतको भनाई थियो । निजी क्षेत्रले मेलास्थलमा सम्पर्कमा आएका रोजगार आकांक्षीहरुलाई औद्योगिक प्रतिष्ठानमा बोलाएरै कार्य विवरणको जानकारी, कामसँग सम्बन्धित सीप र आवश्यक पर्ने कागजात माग गर्ने प्रक्रिया अपनाउने अध्यक्ष राउतको भनाई थियो ।

मन्त्रालयका सहसचिव आचार्यका अनुसार मेलामा छ वटा विषयमा श्रमाधान संवाद गराइएको थियो । श्रमाधान संवादको निचोड निजी क्षेत्रसँगको सहकार्यमा तीन तहका सरकारले गर्नुपर्ने कामहरुको प्राथमिकता निर्धारण गर्नुपर्ने छ । मेलास्थलमै अबको यात्रा सामाजिक सुरक्षा, वैदेशिक रोजगारमा स्वच्छ र मर्यादित भर्ना, उद्योगको रुपमा खेलकुदको संभावना र चुनौती, श्रम आप्रवासन कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, दिगो रोजगारी, प्राकृतिक स्रोत र कोशीमा उद्यमशीलता, हिजो, आज र भोलि जस्ता विषयमा संवाद गराइएको थियो ।

ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित सरकारले गर्ने घोषणा गरेसँगै निजी क्षेत्र उत्साहित समेत देखिएको छ । अध्यक्ष राउतले आन्तरिक मात्रै नभई वैदेशिक रोजगारीबाट फर्केकाहरुको व्यवस्थापनका लागि सरकारले घोषणा गरेको कार्यक्रम कार्यान्वयनमा आए उद्यमशीलता प्रोत्साहन हुने र त्यसबाट रोजगारी सिर्जना हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्