विराटनगरको विराट क्षितिज कलेजमा नयाँ व्यवस्थापकीय टिम

<span class='c1'>विराटनगरको विराट क्षितिज कलेजमा</span> <span class='c2'>नयाँ व्यवस्थापकीय टिम</span>

विराटनगर । विराटनगरको विराट क्षितिज कलेज नयाँ व्यवस्थापकीय टोलीसहित नयाँ ठाउँबाट सञ्चालनमा आएको छ ।

यसअघि विराटनगर-१० ट्राफिक चोक नजिकै रहेको कलेज विराटनगर-२ बरगाछी चोकस्थित नयाँ भवनमा सरेको हो।

नयाँ आएको व्यवस्थापकीय टिमले अनुभवी र दक्ष शिक्षकहरू राखेर नयाँ शैक्षिक सत्रबाट बीएससी सिएसआइटी र बीसिए कार्यक्रम संचालन गर्ने भएको छ ।

कलेज परिसरमा शनिबार पत्रकार सम्मेलन गरी आइटिको क्षेत्रमा विराट क्षितिज कलेजलाई स्थापित गर्ने उद्देश्यले दक्ष शिक्षक र प्राध्यापकहरु राखेर कार्यक्रमहरू संचालन गर्ने योजना रहेको जानकारी गराएको हो ।

कलेजका संचालक दिनेश दाहालले नयाँ आएको व्यवस्थापकीय टिमले विराटनगरमा प्रविधिको क्षेत्रमा एक अब्बल शैक्षिक संस्थाको रुपमा विराट क्षितिज कलेजलाई स्थापित गर्ने योजना बनाएर अगाडी बढेको बताए । ‘त्यसको लागि हामीसँग प्रयाप्त मात्रमा पूर्वाधार,आइटिको ल्याब
कलेजको गुणस्तर सुधारका लागि प्रविधिमैत्री कक्षा कोठा, अत्याधुनिक प्रयोगशाला, ट्रेनिङको अतिरिक्त कक्षा सञ्चालन, इन्टनशिपको व्यवस्था र दक्ष तथा अनुभवी शिक्षकहरुको समूहबाट अध्यापन गराई रहेको छ । थप नयाँ टेक्नोलोजीको बारेमा अपग्रेड बढाउनको लागि काठमाण्डौंबाट पनि हामी दक्ष प्राविधिक भित्र्याउने छौं र विराटनगरमा आइटि कलेजको रुपमा विराट क्षितिजलाई परिचित गराउने हाम्रो योजना रहेको छ,’ संचालक दाहालले भने ।

कलेजको नयाँ व्यवस्थापकीय र प्रशासकीय नेतृत्व दिनेश दाहाल, ज्ञानेन्द्र कार्की र कान्तिपुर एजुकेशन फाउन्डेशन मोरङ प्रालिले गर्नेछन् । प्राविधिक शिक्षाको माग विश्व बजारमा बढी रहेकोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने सक्षम र दक्ष जनशक्ति उत्पादन गर्दै अगाडी बढने अर्का संचालक ज्ञानेन्द्र कार्कीले बताए ।

कोशी प्रदेशको राजधानी रहेको विराटनगर शैक्षिक हबको रुपमा विकास भइरहेको अवस्थामा नयाँ व्यवस्थापकीय टिमले संचालन गरेको विराट क्षितिजले थप शिक्षा क्षेत्रमा थप नयाँ उचाइ हासिल गर्ने कान्तिपुर एजुकेशन फाउन्डेशनका प्रिन्सिपल भुवन नेपालले बताए ।

त्रिभुवन विश्वविद्यालयबाट २०६९ सालमा सम्बन्धन पाएको यस कलेज १२ वर्षपछि नयाँ भवनमा सारेर पठनपाठनलाई नियमितता दिइएको सञ्चालक समितिका अध्यक्ष कार्कीले जानकारी दिए । अब, शान्त तथा पठनीय वातावरणमा, सुविधासम्पन्न भवनमा स्थायीत्व दिनेगरी कलेज सारिएको उनको भनाइ छ ।

उक्त कलेजमा बीएससी सिएसआइटीमा ३६ र बी सिएमा ३५ जना विद्यार्थीको कोटा रहेको छ । सीमित विद्यार्थी भर्ना गरेर गुणस्तरीय शिक्षासँगै सिपयुक्त दक्ष जनशक्ति प्रदान गर्ने कलेजको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्