‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो

<span class='c1'>‘नेलपलिस’को गन्ध आएपछि</span> <span class='c2'>धावनमार्गबाट विमान फर्काइयो</span>

काठमाडौँ । काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ।

“धावनमार्गमा गुडिसकेको विमान नेलपलिसको गन्ध आएपछि पार्किङ वेमा ल्याइयो”, यात्री मञ्जु शाहीले भन्नुभयो, “नेल पलिसको गन्धका कारण विमान फर्काइएको हल्ला चल्योको छ । विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ ।” यात्रीलाई यात्री ओसार्न प्रयोग हुने बसमा राखिएको छ । विमानको ८ः२५ बजेको उडान तालिका थियो ।

विमानभित्र इन्धनको गन्ध आएको र प्राविधिक परीक्षणका लागि फर्काइएको एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले राससलाई जानकारी दिनुभयो । अर्को विमानबाट यात्रीलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्