नेता र दलालहरुले जनताको पसिनामा पौडी खेले : अध्यक्ष केसी

<span class='c1'>नेता र दलालहरुले जनताको पसिनामा</span> <span class='c2'>पौडी खेले : अध्यक्ष केसी</span>

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारीको रकम अपचलन गर्नेहरुमा सर्वसाधारण नभइ राज्यसत्तामा विराजमान नेताहरु नै संलग्नता रहेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै पूर्वसहकारीमन्त्री समेत रहेका सांसद केसीले राज्य सत्तामा बस्ने नेता र तिनको संरक्षणमा रहेका दलालहरुले जनताको पसिनामा पौडी खेलेको बताए ।

उनले भने, ‘सभामुखज्यू, सहकारीमा निर्मम तरिकाले जनताको पसिनामा जसले पौडी खेलेको छ, त्यस्ता मान्छेलाई कानूनी कारबाही हुनुपर्दछ भन्ने कुराले संसद बन्द भएको हो ? सहकारी मन्त्रालयमा म पनि केही दिन बसेको हुनाले के तितो अनुभव छ भने सहकारीको रकम हिनामिना गर्ने सर्वसाधारण मान्छे होइनन् । ति राज्यसत्तामा विराजमान हुने र तीनको संरक्षणमा वा तीनका दलालहरुबाट सहकारी सञ्चालन गरेर हिनामिना गर्ने हुन् । तीनिहरुलाई मन्त्री र नेताहरुकै संरक्षण हुन्छ ।’

सहकारीकै विषयमा लामो समय संसद अवरुद्ध हुँदा खिसिट्युरि भएको केसीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्