मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा

<span class='c1'>मिडिया काउन्सिल विधेयक</span> <span class='c2'>राष्ट्रिय सभामा</span>

काठमाडौं । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभामा पेस भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबारको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्‘ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

उक्त विधेयकमाथि अब राष्ट्रिय सभा बैठकमा छलफल सुरु हुने भएको हो । मन्त्री शर्माले विधेयकमा नेपालको संविधानमा उल्लेख गरिएको समावेशितालाई विशेष ख्याल गरिएको, महिला र प्रदेशगत सहभागितालाई सुनिश्चित गरेको बताइन् ।

विगतमा पनि मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाले स्वीकृत गरेको स्मरण गर्दै उनले तत्कालीन प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै विधेयक शून्यमा पुगेको उनले बताइन् । आम सञ्चार नीतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्न पनि यस विधेयकले महत्त्वपूर्ण योगदान दिने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्