‘नबिल एसएसई’को तेस्रो ब्याचको तालिम सम्पन्न

<span class='c1'>‘नबिल एसएसई’को तेस्रो</span> <span class='c2'>ब्याचको तालिम सम्पन्न</span>

विराटनगर । नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम ‘नबिल एसएसई’को तेस्रो ब्याचको तीन महिने तालिम सम्पन्न भएको छ।

नबिल बैंक र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको सहकार्यमा ‘नबिल एसएसई’का तेस्रो ब्याचको तालिम शनिबार सम्पन्न भएको हो।

युवाहरुलाई नबिल बैंकले सामाजिक उद्यमशिलताको क्षेत्रमा अगाडि बढाउने उद्देश्यले सञ्चालित सो तालिममा सहभागी २५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरी तेस्रो चरणको तालिम सम्पन्न गरिएको नविल एसएसई कोशी प्रदेश संयोजक़ वेदप्रसाद संग्रौलाले बताए ।

समापन कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले दैनिक हजार बढीको संख्यामा युवाहरू विदेश पलायन भईरहेको अवस्थामा बैंकले उद्यमशीलताको तालिम सञ्चालन गर्नु सराहनीय रहेको बताए ।

मोरङ क्याम्पस प्रमुख डा रामावतार शरणले नविल बैंकले मोरङ क्याम्पसलाई उद्यमशील तालिमका लागि छनोट गरी कार्य गरिरहेकोले धन्यवाद दिदै तालिम प्राप्त गरेका सहभागीहरुले आफूले सिकेका ज्ञानलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए । नबिल बैंकका प्रदेश प्रमुख दीपककुमार श्रेष्ठले नबिल बैंकले देशका सातै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो तालिम सञ्चालन गरी उद्यमशीलताको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी गरे । सो तालिम २०७९ असारदेखि मोरङ क्याम्पसमा सञ्चालन रहेको बताए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, महिला उद्यम समिति निवर्तमान अध्यक्ष सुनिता छाराहाङ, आन्तरिक राजस्व कार्यालय विराटनगरका सूचना अधिकृत हरिप्रसाद सेडाई, प्राडा जीबनकुमार ढकाल, विकल्प एण्ड अल्टरनेटिभका सुमन रायलगायतले दीक्षित प्रशिक्षार्थीहरुलाई आफू सिकेको सीपको सदुपयोग गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा धनञ्जयकुमार कर्ण, विनायक घिमिरे, तुलसा भटराई, कुलदीप चौधरी, प्रमिला डंगोल, विनिता राईले प्रस्तुतीकरण दिएका थिए । त्यसलाई डा मोहनकुमार सुवेदी, डा चन्द्र उपाध्याय, विनयविष्णु केसी, समीर श्रेष्ठ, रेनु प्रधानले सुझाव दिएका थिए ।

नबिल बैंक एसएसई कोशी प्रदेश संयोजक वेदप्रसाद संग्रौलाका अनुसार हालसम्म तीन चरणमा सम्पन्न तालिमबाट ७५ जनाले प्रमाणपत्र प्राप्त गरी हाल चौथो समूहका २५ जना तालिममा सहभागी भईरहेको जानकारी दिए ।

समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक, सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्