विराटनगरका पाँच स्थानमा ट्राफिक लाइट जडानको प्रक्रिया अन्तिम चरणमा

<span class='c1'>विराटनगरका पाँच स्थानमा ट्राफिक लाइट</span> <span class='c2'>जडानको प्रक्रिया अन्तिम चरणमा</span>

इन्दु साह
विराटनगर । विराटनगरका विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडानका लागि महानगरले प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ ।

महानगरपालिकाले चैत १९ गते बोलपत्र आह्वान गर्दै प्रस्ताव पेश गर्न सुचना जारी गरेको थियो । त्यसका आधारमा दुईवटा फर्मले प्राविधिक प्रस्ताव दर्ता गराएका थिए । महानगरपालिकाले अब आसयको सुचना जारी गर्नेछ । यसमा कसैले उजुरबाजुर नगरेमा प्राविधिक प्रस्ताव पेश गर्ने दुई कम्पनीमध्ये न्यून कबोल गर्ने कम्पनीलाई काम गर्न कार्यादेश दिईने छ ।

शहरी विकास तथा योजना महाशाखाका ईन्जिनियर विनम दाहालका अनुसार ट्राफिक लाइट जडानका लागि अपनाउनु पर्ने प्रक्रिया अन्तिमतिर रहेको जानकारी दिएका छन् । महानगरमा ट्राफिक लाइट जडान गर्न ई थ्रि यार्सा जे.भी. काठमाडौं र थड फ्लोर कन्ट्रक्सन कम्पनी काठमाडौंले बोलपत्र पेश गरेका छन् ।

ईन्जिनियर दाहालका अनुसार गुरुयोजनामा विराटनगर विभिन्न ७ स्थानलाई समेटिएको छ । तीमध्ये पाँचस्थानमा जडान गरिने छ । पहिलो चरणमा ५ स्थानमा जडान गर्न सकिने संभावित स्थान तय गरिएको छ । बरगाछी, कन्चनबारी, तिनपैनी, हाटखोला, रोडशेष, जलजला चौक लगायतका ७ ठाउँ ट्राफिक लाईटको लागि उपयुक्त स्थानमा छनोट भएको छ । तर, बजेटको सीमाका कारण पहिलो चरणमा पाँच स्थानमा मात्रै राखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्