विराटनगर सौन्दर्यकरणका लागि सानिमा बैंकको दुईलाख सहयोग

<span class='c1'>विराटनगर सौन्दर्यकरणका लागि सानिमा</span> <span class='c2'>बैंकको दुईलाख सहयोग</span>

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

हालसम्म ७ वटा विभिन्न बैंकहरुबाट १२ लाख रुपैयाँ जम्मा भइसकेको छ । सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ ।

सोमबार सानिमा बैंक लिमिडेटले २ लाख रुपैयाँ जम्मा गरेको छ । महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला र शिल्पा निराला कार्कीलाई बैंकका कोशी प्रदेश प्रमुख फनिन्द्र दाहाल, विराटनगर शाखा प्रमुख महेश निरौला र कञ्चनबारी शाखा प्रमुख प्रसन्न गजुरेलले २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्