संवाद फाउन्डेसन मोरङद्वारा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

संवाद फाउन्डेसन मोरङद्वारा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

इशु पन्त

विराटनगर। संवाद फाउन्डेसन मोरङको आयोजनामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

सोमबार पुष्पलाल चोकस्थित 'पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल'मा आयोजना गरिएको एक दिने नि:शुल्क आँखा र कान शिविर सम्पन्न भएको हो।

विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा डा. सविना अर्याल र डा. इन्देश चौधरीले शिविरमा १५० जनाको आँखा र कान परीक्षण गरेका थिए ।

गर्मीयाममा आँखाका समस्याबाट बच्न सर्वसाधारणलाई सचेत गराउने उदेश्यले शिविरको आयोजना गरिएको संवाद फाउन्डेसन मोरङका सदस्य सुरज बाबु पटेलले बताए।

उक्त कार्यक्रम अध्यक्षता संवाद फाउन्डेसन मोरङको कार्यसमितिका संयोजक सुनिल यादव र प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका कला, कानून तथा शिक्षाशास्त्रका डीन प्रा.डा. अनिल कुमार पोखरेल लगायतको सहभागीता रहेको आयोजकले जनाएको छ।

शिविरका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका कला, कानून तथा शिक्षाशास्त्रका डीन प्रा.डा. अनिल कुमार पोखरेलले आँखा र कान संवेदनशील अंग भएकाले विशेष ध्यान दिनुपर्ने र गर्मीयाममा आँखामा पाक्ने समस्या हुन सक्ने भएकाले सबैले सावधानी अपनाउनु आवश्यक पर्ने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्