विराटनगरमा प्रथम नोना कोइराला स्मृती बास्केटबल प्रतियोगिताको फाइनल भोलि हुने

<span class='c1'>विराटनगरमा प्रथम नोना कोइराला स्मृती</span> <span class='c2'>बास्केटबल प्रतियोगिताको फाइनल भोलि हुने</span>

विराटनगर । प्रथम नोना कोइराला स्मृती बास्केटबल प्रतियोगिताको फाइनल खेल जेठ २२ गते हुने भएको छ।

विराटनगरस्थित कोबास कलेजको बास्केटबल कोर्टमा उक्त बिहान ७ बजेदेखि फाइनल खेल हुने भएको हो।

उक्त प्रतियोगिताको फाइनलमा पुरुषतर्फ चिल्ड्रेन एकेडेमी र केके इन्टरनेशनल पुगेको छ। भने महिलातर्फ चिल्ड्रेन एकेडेमी र होलील्याण्ड फाइनलमा पुग्न सफल भएको हो।

एसइई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर विर गणेशमान सिंह स्पोर्ट एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा विकेभीएम, सगरमाथा,अरनिको,पोखरीया स्कुल,विराटनगर बास्केटबल एकेडेमी,चिल्ड्रेन एकेडेमी र केके इन्टरनेशनलको सहभागीता रहेको आयोजकले जनाएको छ।

उक्त प्रतियोगिताको विजेताले १० हजार रुपैयाँ र उपविजेताले ५ हजार रुपैयाँ प्रमाण पत्र,ट्रफीको पाउने विर गणेशमान सिंह स्पोर्ट एकेडेमीको अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए।

उक्त प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाको मेयर नागेश कोइरालाले गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष बिन्दीया कार्की,कोशी प्रदेश बास्केटबल संघका सचिव सरोज लम्साल, मोरंग बास्केटबल संघका अध्यक्ष अनिल राई,सचिव त्रिलोक बास्तोला लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्