कृषि उत्पादन सहज बनाउन सुझाव

<span class='c1'>कृषि उत्पादन सहज</span> <span class='c2'>बनाउन सुझाव</span>

विराटनगर । कृषि उत्पादन निर्यात बढाउन सहज बनाईनुपर्ने अलैंची तथा चिया उत्पादक संघका अधिकारीहरुको सुझाव रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रादेशिक व्यापार रणनीति विषयमा आयोजना गरेको छलफल कार्यक्रममा अलैंची तथा चिया निर्यातमा भूमिका कमजोर देखिएको गुनासो गरिएको हो ।

महासंघका वस्तुगत संघहरूसँग अन्तरक्रिया कार्यक्रममा नेपाल अलैची व्यवसायी महासंघ र चिया उत्पादक संघका पदाधिकारीले स्पष्ट नीति अभावले समस्या झेल्नु परेको बताएका हुन् ।

कार्यक्रममा महासंघ उपाध्यक्ष कुमारमणि पोखरेलले कोशी प्रदेशका कृषि उपजहरूले नेपालको निर्यातमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै, पहिचान भएका प्रदेशका निर्यात योग्य कृषि उपजहरू लक्षित रणनीति निर्माणले आर्थिक विकासमा योगदान पुग्ने दावी गरेका थिए ।
नेपाल अलैची व्यवसायी महासंघका अनिल ढुङ्गानाले अलैची निर्यात समिति र अलैची अनुसन्धानको लागि सूचना केन्द्रको आवश्यकता औल्याएका थिए । चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले कोशी प्रदेशका प्रमुख निर्यात वस्तु चिया र अलैची रहेको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघ ले यसको प्रवर्धनमा योगदान नदिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

चिया व्यवसायी ओम कृष्ण ज्ञवालीले खुल्ला आयातलाई रोक्नुपर्ने बताउँदै कृषि व्यापार प्रवर्द्धनको लागि नीति निर्माणमा सरकार कमजोर रहेको बताएका थिए । अलैची व्यवसायी पार्वता खरेलले कृषि व्यापार रणनीतिले किसानका समस्यालाई सम्बोधन गर्नुपर्ने बताउँदै वेयरहाउस रिसिप्टको आवश्यकता औल्याएकी थिइन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकालले महासंघले कृषि व्यापार प्रवर्द्धनको लागि राज्यसँग सहजीकरण गरीरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्