कसूरजन्य मुद्दामा प्रयोग भएका दश थान अटो-टेम्पोको लिलामी बिक्री

<span class='c1'>कसूरजन्य मुद्दामा प्रयोग भएका दश</span> <span class='c2'>थान अटो-टेम्पोको लिलामी बिक्री</span>

विराटनगर । मोरङ्ग जिल्ला अदालतमा विभिन्न मुद्दाहरूमा कसूरजन्य ठहरिएका १० थान अटो तथा टेम्पोहरू लिलाम बिक्रीका लागि जिल्ला प्रशासन कार्यालय, मोरङले दोस्रो पटक सूचना प्रकाशित गरेको छ।

पहिलो पटक सूचना प्रकाशित गर्दा कसैको पनि दरखास्त नपरेपछि जिल्लास्तरीय मूल्याङ्कन समितिले पुनः मूल्यांकन गरी पहिलेको मूल्यमा ३० प्रतिशत कमी गरिएको छ। इच्छुक व्यक्ति वा फर्महरूले दोस्रो सूचना प्रकाशित भएको सातदिन भित्र दरखास्त पेस गर्नसक्ने समय तोकिएको छ ।

उक्त सूचनामा लिलाम बिक्री हुने १० थान अटो-टेम्पोहरूको मुद्दा नम्बर, चेसिस नम्बर, इन्जिन नम्बर लगायतका विस्तृत विवरणहरू समावेश गरिएका छन्। साथै, छुट गरिएको न्यूनतम मूल्य समेत उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्