विराटनगरमा अडियो क्युआर डिजीटल बैंकिङ सेवा सुरु

<span class='c1'>विराटनगरमा अडियो क्युआर डिजीटल</span> <span class='c2'>बैंकिङ सेवा सुरु</span>

विराटनगर । विराटनगरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अडियो क्युआर डिजीटल बैंकिङ सेवा सुरु गरेको छ।

विराटनगरको देवकोटा चोकस्थित बैंकको शाखाले आजदेखि उक्त सेवा सुरु गरेको हो।

विराटनगरको मेनरोडस्थित सेन्ट्रल मलको अगाडि रहेको एनबीएससी इलेक्ट्रोनिक्सबाट आफ्नो सेवा सुरु गरेको बैंकले जनाएको छ।

विराटनगरमा एनबीएससीले इलेक्ट्रोनिक्सका सम्पूर्ण सामान बिक्री हुने गरी र त्यसको मर्मत सम्भार गरिने गरी सुविधा सम्पन्न शो रुम संचालन गर्दै आएको छ।

क्युआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने बैंकले जनाएको छ।

क्युरआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर हजारौं मर्चेन्टहरू तथा लाखौं ग्राहकहरू बीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो डिभाइस क्रान्तिकारी सावित हुने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्