मनसुन विपद् : बाह्र प्रकोपमध्ये मोरङमा बाढी तथा डुबानको क्षति सबैभन्दा बढी

<span class='c1'>मनसुन विपद् : बाह्र प्रकोपमध्ये मोरङमा</span> <span class='c2'>बाढी तथा डुबानको क्षति सबैभन्दा बढी</span>

इन्दु साह
विराटनगर । मोरङमा वर्षेनी धनजनको क्षति पु¥याउनेमा बाढी तथा डुबान पहिलोस्तरको प्रकोपमा पर्दछ । जिल्लाभरमा क्षति गर्ने १२ प्रकारका प्रकोपमध्ये बाढी तथा डुबान सबैभन्दा बढी नोक्सानी पु¥याउनेमा पर्दछ ।

जिल्ला विपद् व्यवस्थापन समिति मोरङले जारी गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार २०६८ सालदेखि २०७८ सालसम्ममा १२ हजार ५४८ घरपरिवार बाढी तथा डुबानबाट प्रभावित भएको तथ्यांक छ । यसैगरी यो अवधीमा ४४ जनाको मृत्यु, घाईते ६ जना र २२ करोड ६२ लाख ५१ हजार २९२ आर्थिक क्षति भएको तथ्यांक छ । आर्थिक वर्ष २०७९ को तथ्यांक अद्यावधिक छैन । २०८० मा दुई पटक आएको बाढीमा परेर पाँच घरमा क्षति पुगेको विवरण छ । एकलाख ३० हजार बराबरको क्षति भएको तथ्यांक छ ।

जिल्ला प्रसासन कार्यालयले मोरङले डुवानबाट हुने विपद् व्यवस्थापन सम्बन्धि पूर्व तयारी गरिरहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद् समिति हुने भएकोले स्थानीय तहका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत सरोकारवाला व्यक्तिहरुसँग पूर्व तयारी र सावधानीका उपायहरुमा छलफल गरिएको हो ।

दश खोला तथा नदी, जसको वर्षेनी जोखिम
मोरङ जिल्लाभर दशवटा खोला तथा नदीले बढी क्षति पु¥याउँदै आएको छ । बुढी÷केशलिया, सिंघिया, लोहन्द्रा, चिसाङ, डाँस÷मरिया बक्राहा, रतुवा, मावा, बक्राहा, तेली, सुकुना, कयर जिल्लामा वर्षेनी क्षति पु¥याउने खोलामा पर्दछन् ।
बुढी÷केशलियाले सुन्दरहरैंचा न।पा।बुढीगंगा गाउँपालिका, विराटनगर, सिंघियाले बुढीगंगा, विराटनगर, ग्रामथान, कटहरी र जहदा, लोहन्द्राले बेलबारी, सुन्दरहरैंचा, ग्रामथान, कटहरी, जहदा, रंगेली, धनपालथान, चिसाङले लेटाङ्ग, केराबारी, बेलबारी, कानेपोखरी र रंगेली, डाँस–मरिया बक्राहाले लेटाङ्ग, पथरी, शनिश्चरे, कानेपोखरी, रंगेली, रतुवा, मावाले उर्लाबारी, रतुवामाई, सुनवर्षी, बक्राहाले उर्लाबारी र रतुवामाई, तेलीले लेटाङ्ग र उर्लाबारी, सुकुना तथा कयर खोलाले बेलबारीलाई वर्षेनी बाढीपछि डुबान गर्दै आएको छ ।

कोशीमा यस्तो छ जोखिम संभाव्यता
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार परेको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ मा मनसुनमा हुने अत्यधिक वर्षाका कारण बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८ लाखभन्दा बढी जनसंख्यालाई असर गर्ने अनुमान गरिएको छ ।
कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर बाढीबाट र बाँकी सबै जिल्ला पहिरोबाट प्रभावित हुने अनुमान गरेको प्राधिकरणले कोशीमा २२ हजार घरपरिवारमा प्रभावित हुन सक्ने तथा सो मध्ये पाँच हजार घरपरिवारलाई उद्धार र राहत आवश्यक पर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्