कोशीको मेसुमा डाक्टर रविनराज सिंह नियुक्त

कोशीको मेसुमा डाक्टर रविनराज सिंह नियुक्त

विराटनगर । कोशी अस्पतालको मेडिकल सुपरिण्टेण्डेण्टमा वरिष्ठ सर्जन डा. रविनराज सिंह नियुक्त भएका छन् । बुधबारको मन्त्रीस्तरीय निर्णयबाट डाक्टर सिंहलाई मेसुमा नियुक्त गरिएको हो ।

डाक्टर सिंहले ११ महिनापछि पुनः मेसुमा नियुक्त पाएका छन् । २०७९ फागुनमा अस्पतालको मेसु नियुक्त भएका उनलाई पाँच महिनापछि हटाइएको थियो । उनलाई हटाएर डाक्टर चन्द्रभाल झालाई नियुक्त गरिएको थियो । सिंह दशौं तहका हुन् भने झा ११ औं तहका हुन् ।

जनकपुरका स्थायी बासिन्दा डा. सिंह कोशी अस्पतालमा लामो समयदेखि सेवारत छन् । राजनीतिक नियुक्ति हुने मेसुमा सरकार परिवर्तन भएपछि को आउने र को जाने टुङ्गो हुँदैन । कोशीमा अहिले ठूला संरचना निर्माण भईरहेकोले पनि मेसु बन्ने र बनाउने ईच्छा बढी हावी हुने देखिदैं आएको छ । मेसुमा डाक्टर सिंहलाई नियुक्त गरेसँगै अब अस्पताल विकास समितिमा समेत फेरबदल आउन सक्ने संभावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्