आइसीसी टी–२० विश्वकप क्रिकेट अमेरिकामा चलिरहँदा विराटनगरका सट्टेबाजको ‘चकमन्न’ धन्दा

आइसीसी टी–२० विश्वकप क्रिकेट अमेरिकामा चलिरहँदा विराटनगरका सट्टेबाजको ‘चकमन्न’ धन्दा

विराटनगर । केहिवर्ष अगाडी यूएईमा आईपीएल क्रिकेटको सिरिज चलिरहँदा विराटनगरमा सट्टेबाजका बुकीमा अपराधको धन्दा मौलाएको थियो । यतिसम्मकी २०७७ असोज २६ गते राती विराटनगरका एकजना व्यक्तिलाई होटलमा बन्धक बनाएर कुटपिट गर्दै पैसा असुलिएको थियो ।

त्यो बेला युएईमा आईपिएल चलिरहेकोले विराटनगरमा त्यसको कनेक्सन फरक देखिन्थ्यो । प्रहरीले यहि सुचनालाई फलो गर्दै जाँदा ७४ जना व्यक्ति, २८ वटा सवारी र १५ लाख ८८ हजार ७४१ नगद बरामद गरेको थियो । पक्राउ परेका व्यक्तिका साथमा भएको नगद बाहेक कारोबारको हिसाब प्रहरीले यकिन गर्न नसक्ने हुन्छ । सट्टेबाजमा संलग्नहरुलाई मिटर ब्याजमा रकम उपलब्ध गराउने र दोहोरो धन्दा चलाउनेको समूह समेत विराटनगरमा उतिकै सक्रिय रहेको त्यसबेलाको तथ्यले देखाएको थियो ।

युएईको आईपिएल क्रिकेटपछि विराटनगरमा बुक्की सञ्चालन गर्ने सट्टेबाजको सुचना बाहिर आएको छैन । प्रहरीले चाहना नराखेको हो वा सेटिङमा कारोबार गर्न दिएको यसै भन्न सक्ने अवस्था छैन । अमेरिकामा जारी आईसीसी टी–२० क्रिकेट चलिरहँदा पनि सट्टेबाजको धन्दा धुँवाधार चलिरहेको छ । तर, मार्केटमा सट्टेबाज कारोबारी ‘चकमन्न’ छन् । पहिला सञ्चालन हुँदै आएका बुक्कीका स्थान परिवर्तन भएका छन् । बुक्की सारेर कारोबार गर्दै आएकाहरुले भित्रभित्रै प्रहरीसँग सेटिङ मिलाउँने गरेको दावी छ ।

विराटनगरमा विभिन्न स्थानमा बुक्की सञ्चालन हुने गरेको प्रहरीँसँग सुचना थियो । विराटनगर–११, विराटनगर–१५, विराटनगरको तीनपैनी, अथिति भवन नजिक, जैन भवन अगाडी, विराटनगर–१६ र १७ का बुक्की सञ्चालक यस अगाडी पक्राउ परिसकेका छन् । उनीहरु पक्राउ परेपनि जुवा तथा सट्टेबाज ऐन अनुसारको सजाय कम हुँदा छुट्छन् । फेरी पुरानै कारोबारमा फर्कन्छन् । प्रहरीकै तथ्यांकमा हेर्ने हो भने सट्टेबाजको खाल चल्ने बेलामा अवैध रुपमा भारतीय नोटको कारोबार समेत विराटनगरमा बढ्छ । नेपाल–भारतका सट्टेबाजबीचको कारोबारमा आउने जाने स्रोत नखुलेको रकम प्रहरीले पक्राउ गर्ने गरेको थियो ।

युएईको आइपिएलपछि भारतमा धेरै खेलहरु भईसकेका छन् । सन् २०२४ को भर्खरै सकिएको छ । त्यसबेला पनि विराटनगरमा थुप्रै बुक्की लागेका थिए । आईसीसीमा समेत उतिकै अवैध कारोबार भईरहेको छ । तर, प्रहरीले पछिल्लो समय विराटनगरमा चलिरहेको कारोबारबारे चासो राखेको वा नराखेको केहि भन्ने गरेको छैन । एकाथरीले बुक्कीबाट हुने यो कारोबारको भित्री अनुसन्धान भईरहेको दावी गर्दै आएका छन् । काठमाण्डौंमा अनलाइन वेविङ, फाट्का, हुण्डि जस्ता अवैध कारोबारमा प्रहरीले अप्रेशन चलाएपछि बढ्दो डरले बुक्की सञ्चालन गर्नेहरुले ठूला होटलका कोठा लिएर बस्ने गरेको दावी गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्