विराटनगर महानगरको आयोजनामा बालभेला सुरु

<span class='c1'>विराटनगर महानगरको आयोजनामा</span> <span class='c2'>बालभेला सुरु</span>

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि बालभेला दसौं सुरु भएको छ ।

भेलाको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । १९ वटै वडाबाट बालबालिकाको प्रतिनिधित्व रहेको भेलालाई सम्बोधन गर्दैै मेयर कोइरालाले विराटनगर महानगरपालिकालाई बालमैत्री महानगर घोषणा गर्नका लागि तयारी भइरहेको बताउनुभयो ।

उहाँले तत्कालीन गाउँ विकास समिति बुधनगर र झापाबैजनाथपुरलाई विराटनगरमा गाभेका कारण बालमैत्री महानगर बनाउन समस्या भएको उल्लेख गर्नुभयो । उपहानगरपालिका हुँदा बालमैत्री नगर घोषणा गरिए पनि ग्रामीण क्षेत्रलाई समेटेर महानगरपालिका बनाएपछि घोषणामा समस्या देखिएको मेयर कोइरालाको भनाइ थियो । मेयर कोइरालाले बालबालिकाको हकहित र संरक्षणमा महानगरपालिका सधैं तयार रहेको प्रस्ट पार्नुभयो । बालक्बलले गर्ने राम्रो कार्यका लागि बजेटको अभाव हुन नदिने मेयर कोइरालाले प्रतिबद्धतासमेत जनाउनुभयो । ‘तपाईं बालबालिकाहरूले राम्रो काम गर्नुहोस् । राम्रो काम गर्दा महानगरले बजेटको अभाव हुन दिँदैन,’ मेयर कोइरालाले भन्नुभयो, ‘रातो किताबमै उल्लेख नभए पनि बजेटको अभाव हुन दिँदैनौं ।’

कार्यक्रममा वडा नम्बर १ का अध्यक्षसमेत रहनुभएका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले बालक्लबले देखिने गरी कुनै कार्य गर्न नसकेको भन्दै गुनासो गर्नुभयो । वडाले बजेट छुट्याउँदा पनि वडास्तरको बालक्बले कुनै कार्यक्रम नगरेको उहाँको भनाइ थियो । ‘विगत एक वर्षदेखि बालक्बल एकदमै निस्कृय भएको छ,’ बस्नेतले भन्नुभयो, ‘केही समस्या छन् भने भन्नुपर्‍यो नत्र भने क्लबलाई सक्रिय बनाउनु पर्‍यो ।’

महानगरको महिला बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनीले महानगरलाई बालमैत्री नगर बनाउने गरी तयारी अगाडि बढाइएको जानकारी दिनुभयो । बालमैत्री नगर घोषणा गर्न आवश्यक पर्ने ५१ सूचकमध्ये केही सूचक पूरा गर्न अभियान नै सञ्चालन गर्नुपर्ने अवस्था देखिएको उहाँको भनाइ थियो । महानगर बालक्बल सञ्जालका अध्यक्ष आदित्य झाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, १५ का प्रकाश साह, १९ का श्याम घिमिरे, महानगर बालक्बल सञ्चालका पूर्वअध्यक्ष गौतम मण्डल, क्लबकी उपाध्यक्ष दीक्षा आचार्यलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । शनिबारसम्म सञ्चालक हुने भेलाले नयाँ बालक्लब सञ्जालको पुनर्गठनसमेत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्