विराटनगरमा सरकारी गाडीमा आगजनी र पार्किङमा रोकेका पाँचवटामा तोडफोड

विराटनगरमा सरकारी गाडीमा आगजनी र पार्किङमा रोकेका पाँचवटामा तोडफोड

विराटनगर । विराटनगरमा विद्यार्थीले एउटा सरकारी गाडी जलाइदिएका छन् भने पाँचवटा गाडी तोडफोड गरेका छन् । मोरङको रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् ।

यसैगरी पाञ्चालीस्थित कन्चनजंघा पार्टी प्यालेस बाहिर पार्किङमा रोकेर राखेका पाँचवटा गाडीमा तोडफोड गरिएको छ । गृहमन्त्री रबि लामिछाने विराटनगर एयरपोर्टमा उत्रिन साथ विद्यार्थीहरुले विराटनगरको शान्ति सुरक्षा कमजोर रहेको संकेत गर्दै आगजनी गरेका थिए ।
मोरङ क्याम्पस अगाडी सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेका हुन् । मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले कुनै कारण बिना गाडीमा आगजनी तथा तोडफोड भएको बताएका छन् ।

प्रहरीका अनुसार बा एबी ८१८०, बागमती प्रदेश ०१–०० ञ २७०१, बा १ ञ २४१९, बा ००१ ञ २७९० र बा १ ञ १८८७ नम्बरको गाडीमा तोडफोड गरिएको छ ।

घटनामा संलग्नहरुको पहिचान गर्ने काम भईरहेको बताउँदै बस्नेतले रंगेली घटनाको कारण जोडिएपनि मनसाय गलत राखिएकोले संलग्नहरुको पहिचान गरेर कारवाहीको दायरामा ल्याईने बताएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीमा सहभागी हुन विराटनगर आएका हुन् । विमानस्थलमा उनी ओर्लन साथ मोरङ क्याम्पसमा आगजनी र पाञ्चालीमा तोडफोड गरेर कमजोर सुरक्षा अवस्था रहेको संकेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्