विराटनगरमा गर्भवती महिलालाई पौष्टिक आहार, सुत्केरी आमालाई न्यानो झोला

विराटनगरमा गर्भवती महिलालाई पौष्टिक आहार, सुत्केरी आमालाई न्यानो झोला

विराटनगर । विराटनगर महानगरपालिकाले गर्भवती महिलालाई पौष्टिक आहार र सुत्केरी आमालाई न्यानो झोला वितरण गर्न थालेको छ।

महानगरपालिकाले सुरक्षित मातृत्व तथा बाल मृत्युदर न्युनीकरण गर्नका लागि आमा तथा गर्भवती महिला लक्षित कार्यक्रम अभियानको रुपमा गरिरहेको हो ।

महानगरभित्रका १९ वटै वडाका सुत्केरी आमा र शिशुको स्वास्थ्य अवस्थालाई मजबुत बनाउन न्यानो झोला कार्यक्रमलाई अगाडी बढाउन थालेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख दिलिप कुमार यादवले जानकारी दिएका छन् । न्यानो झोलामा आमा र बच्चाको लागी आवश्यक पर्ने सामाग्रीहरु पर्दछन् । आमा र शिशुको लागी न्यानो लुगा, पौष्टिक खानेकुरा , फलफुल, अण्डा, चामल, गेडागुडी , खोपका कार्डहरु हरेक वडाबाट वितरण हुँदै आएको छ ।

महानगरले मातृशिशु मृत्युदर र बाल मृत्युदरलाई शतप्रतिशत हुन नदिनको लागि अभियानले ठुलो राहत राख्ने विराटनगर महानगरपालिकाकी उप–प्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन । महानगरले आउने दिनमा सुरक्षित मातृत्वका विषयमा बढी ध्यानकेन्द्रित गर्दै जाने समेत उनले बताइन् । पहिलो गर्भ जाँचदेखि सुत्केरी भएको ४२ दिनसम्म गर्नुपर्ने स्याहारका बारेमा सवैलाई जिम्मेवार बनाउँदै आमा र बच्चाको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि कार्यक्रम अघि बढाइएको महानगरले जनाएको छ ।

हाल महानगरमा पौष्टिक आहार लिने ३ सय बढी सुत्केरी आमा रहेका छन् भने न्यानो झोलाको सेवा लिने ४ सय बढी रहेको विराटनगर महानगरपालीकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्