विराटनगरको सडक सौन्दर्यकरणका लागि कृषि विकास बैंकको पनि सहयोग

<span class='c1'>विराटनगरको सडक सौन्दर्यकरणका लागि कृषि</span> <span class='c2'>विकास बैंकको पनि सहयोग</span>

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी-रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि कृषि विकास बैंकले पनि सहयोग रकम प्रदान गरेको छ ।

बैंकले सोमबार महानगरका मेयर नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । महानगरमा आयोजित कार्यक्रममा बैंकका प्रदेश निर्देशक रञ्जन खनाल, विराटनगर शाखाका प्रबन्धक टंकप्रसाद पोखरेल, प्रदेश कार्यालयका वरिष्ठ शाखा प्रमुख केदार अधिकारी, सुरेन्द्र अधिकारी र वरिष्ठ शाखा अधिकृत पंकजमणि पौड्यालले मेयर कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् । हालसम्म १४ लाख रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ।

यसअघि ७ वटा विभिन्न बैंकहरुबाट १२ लाख रुपैयाँ जम्मा भइसकेको छ । सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका छन् । महानगरले बैंकर्स एसोसिएसनका प्रदेश अध्यक्ष सन्तोष बुढाथोकीको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको थियो । प्राविधिकसहितको सो समितिले लामो अध्ययन गरी फूल र विरुवाको जात, लागत अनुमानलगायत समेटेर महानगरलाई प्रतिवेदन बुझाएको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा सौन्दर्यकरणको प्रक्रिया अघि बढाएको महानगरका मेयर कोइरालाले जानकारी दिनुभयो ।
हाल फूल र विरुवाको सुरक्षाका लागि तारजाली बनाउने, फूल रोप्ने ठाउँमा खाल्डो खन्ने, मल लगाउनेलगायतका कार्य भइरहेको उहाँले बताउनुभयो । मेयर कोइरालाले विराटनगर बनाउने सबैको दायित्व भएको बताउनुभयो ।

महानगर एक्लैले विराटनगर बनाउन असम्भव भएकाले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत बरगाछी-रानी सडक सौन्दर्यकरण गर्न आह्वान गरेअनुसार सहयोग प्राप्त भएको मेयर कोइरालाले बताउनुभयो । ५ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी-रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) रहेको सडक सौन्दर्यकरण अभियानको संयोजन गरिरहनुभएका पुनमकुमार दाहालले जानकारी दिनुभयो । एउटा डिभाइडरमा भने नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सौन्दर्यकरण गरिसकेको छ । असार १ गते सौन्दर्यकरणको औपचारिक शुभारम्भ गर्ने तयारी भएको दाहालले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्