विराटनगरको सहिद रंगशालामा तेस्रो “प्याब्सन विराट कप”

विराटनगरको सहिद रंगशालामा तेस्रो “प्याब्सन विराट कप”

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका चार वटा विद्यालय विजय भएका छन् ।

प्याब्सन विराटनगरको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ग्यालेक्सी, मदरल्याण्ड एकाडेमी, दर्पन र मोर्डन एरा स्कुल विजय भएका हुन् ।

विराटनगरको सहिद मैदानमा भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले अर्पन स्कुललाई १-० गोलले पराजित गर्यो । जितको लागि ग्यालेक्सीका एमडी मासुमले निर्णायक गोल गरे । उनी खेलको प्लेर अफ द म्याच घोषित भए ।

त्यसैगरी दोस्रो खेलमा मदरल्याण्ड एकाडेमीले २-१ गोलले हरायो । जितको लागि मदरल्याण्डका खेमराज हमालले व्यक्तिगत दुई गोल गरे । उनी खेलको प्लेर अफ द म्याच घोषित भए ।

तेस्रो खेलमा दर्पनले विराट शिक्षा स्कुललाई २-१ गोलले पराजित गर्यो । जितका लागि दर्पनका शुवास राजवंशी र आशन थापा मगरले गोल गरे । विराट शिक्षाको तर्फबाट सान्तवना गोल रन्जित दनवारले फर्काए । चौथो खेलमा मोर्डन एरा स्कुलले टाईब्रेकरमा बिकेभिएम स्कुललाई २ -१ गोलले निरास बनायो । टाईब्रेकरमा मोर्डन एराका अमन माझी र सुशान्त रोइलाले गोल गरे । बिकेभिएमको तर्फबाट डेनिस लामिछानेले मात्र गोल गरे । खेलको प्लेर अफ द म्याच मोर्डन एराका गोलकिपर रोनकराज धामी घोषित भए । निर्धारित समयसम्म गोलरहित खेल बराबारी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो ।

मंगलबार तीन खेल हुनेछ । पहिलो खेल गौतम बुद्ध मेमोरियल स्कुल र सप्तकोशी स्कुल, दोस्रो खेल विनायक बोर्डिङ स्कुल र गोदावरी स्कुल बीच हुनेछ भने तेस्रो खेल सेन्ट जोसेफ र देवकोटा स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए । असार ५ गते हुने प्रतियोगिताको फाइनलमा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका छन् ।

प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपबिजेताले नगद ११ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न कबिर ५ लाख रुपैयाँ लाग्ने प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । प्रतियोगिताको विभिन्न ८ वटा विधामा पुरस्कार वितरण गरिनेछ । विद्यालय स्तरबाट फुटबल खेलको विकास गर्नुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको हो ।

प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । कार्यक्रममा बोल्दै उने खेल क्षेत्रको विकासमा स्कुल तहबाट गरिएको प्रतियोगिताले ठूलो सहयोग पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्