विराटनगरको आरोहण गुरुकुलमा चौथो अध्याय मञ्चन जारी

विराटनगरको आरोहण गुरुकुलमा चौथो अध्याय मञ्चन जारी

विराटनगर । विराटनगरको आरोहण गुरुकुल सुशीला कोइराला नाटक घरमा नाटक चौथो अध्याय मञ्चन भईरहेको छ ।

गुरुकुल कै कलाकार रविन चिमरिया र दिक्षा चौधरीले निर्देशन गरेको चौथो अध्याय जेठ २५ गतेदेखि मञ्चन भएको नाटक जेठ ३१ गतेसम्म हुने गुरुकुल विराटनगरले जनाएको छ ।

हरेक दिन बेलुका ५ः३० बजे सुरु हुने नाटकमा जीवनको उत्तरार्धमा देखापर्न सक्ने मनोसामाजिक अवस्थामा केन्द्रित रहेको नाटक हेरिसकेपछि दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका छन् । एउटी नारीले सामाजिक रुपमा भोग्नुपर्ने मानसिक तथा शारीरिक पिडालाई प्रायोगिक एवम् काव्यिक हिसाबले नाटकको माध्यमबाट देखाउने प्रयास गरिएको छ ।

नाट्य साहित्यको अध्ययन तथा प्रयोगात्मक प्रकृयामा अत्यन्तै आवश्यक रहने सुधारात्मक पद्धति “इम्प्रुभाइजेसन” र पात्र तथा परिवेश कल्पना “इम्याजिनेसन” बाट संयोजन गरिएको यो नाटक चौथो अध्याय मनोसामाजिक खोज तथा अध्ययनको एउटा प्रायोगिक अभ्यास रहेको नाटककी निर्देशक दिक्षा चौधरीले जानकारी दिईन् । नाटकमा लक्ष्मीप्रसाद देवकोटा, पारिजात, चार्ल्स बुकोवस्की र विप्लव प्रतीकका कविताहरूलाई समेत प्रयोग गरिएको छ । नाटकले दर्शन, विचारधारा र व्यवहारिकताबीचको जीवनको विरोधाभाषपूर्ण संघर्षलाई समेत इङ्गित गरेर देखाउन खोजिएको छ ।

चौथो अध्यायमा दिक्षा चौधरी , भरत कार्की , प्रदिप दाहाल, रविन चिमरीया, यसश्वी चौधरी लगायतको टिम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्