पूर्वी नेपालमा पहिलो पटक विराटले ल्यायो अत्याधुनिक उपकरण सहितको ल्याब

पूर्वी नेपालमा पहिलो पटक विराटले ल्यायो अत्याधुनिक उपकरण सहितको ल्याब

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याबले अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवनबाट सेवा सुचारू गरेको छ ।

ल्याबको नयाँ बनाएको आधुनिक भवनको सोमबार उद्घाटन अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले गरे । कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले अत्याधुनिक सुविधाका सम्पन्न भवनबाट आधुनिक उपकरणहरुबाट गुणस्तरीय सेवा दिएको बताए । नयाँ टेक्नोलोजी र अटोमेटिक मेसिनबाट ल्याब परीक्षण गरेर सेवा प्रदान गर्दै आएको उनले बताए ।

विराटको ल्याब आईएसओ र बायोर्याड सर्टिफाइड प्रयोगशाला हो । हस्पिटलको ल्याब अपग्रेड गरेर नयाँ एडभान्स टेक्नोलोजी ल्याएर सेवा सुरु गरिएको अध्यक्ष कार्कीले बताए । विस २०५० सालमा स्थापना भएको अस्पतालमा ५० करोड भन्दा बढी लगानी रहेको उनले बताए ।

विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिका प्रशासन प्रमुख अमित कुसवाहाले बायोर्याड र आइएसओसँग आवद्ध भएर सर्टिफाइड प्रयोगशाला भएका कारणले गुणस्तरीय सेवा प्रति पछिल्लो समय सर्वसाधारणको विश्वास बढेको बताए ।

उच्च गुणस्तर कायम गरेकै कारण विराटको प्रयोगशालाबाट वार्षिक हजारौँले सेवा लिने गरेको वरिष्ठ प्याथोलोजिष्ट डा. श्रीपाद वालावलकरले बताए । ‘विराटले आफ्नो ल्याब्रोटोरीको क्वालिटी कन्ट्रोलमा जति ठूलो लगानी गरेको छ ।

विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिका डाइरेक्टर तथा वरिष्ठ रेडियोलोजिष्ट डा.सुशिल तपरियाले आईएसओले बनाएको मापदण्ड अनुसार विराटको ल्याब्रोटोरीमा काम गरेकोले गुणस्तरीय सेवा दिएको बताए । विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याबमा नमूना परीक्षणका लागि प्रयोग हुने सबै उपकरणहरु अन्तर्राष्ट्रिय स्तरका रहेको उनले बताए । पूर्वी नेपालमा पहिलो पटक विराटले स्वचालित एलर्जी परीक्षणको लागि अत्याधुनिक उपकरण पनि ल्याएको उनले बताए । अब रगतबाट एलर्जीको परिक्षण हुने उनको भनाई छ ।

यसअघि छालाबाट गरिन्थ्यो । ल्याबमा प्याथोलोजीको सम्पूर्ण सेवाहरु छन् । गुणस्तरीय सेवा दिने अल्ट्रासाउण्ड र इको रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्