तेस्रो प्याब्सन कप : गौतम बुद्ध, गोदावरी र सेन्टजोसेफ विजय

<span class='c1'>तेस्रो प्याब्सन कप : गौतम</span> <span class='c2'>बुद्ध, गोदावरी र सेन्टजोसेफ विजय</span>

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका तीन स्कुल विजयी भएका छन्।

विराटनगरको सहिद मैदानमा मंगलबार भएको खेलमा गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ स्कुल विजयी भएका हुन् । पहिलो खेलमा गौतम बुद्ध स्कुलले टाइब्रेकरमा सप्तकोशी स्कुललाई ४-२ गोलले हरायो । जितको लागि गौतमबुद्धका आयूष प्रधान, आर्दश राई, आसुतोस खड्का र सौरव रानामगरले गोल गरे। सप्तकोशीको तर्फबाट समिर राजपुरिया र रितेश कणर्ेलले गोल गरे । प्लेर अफ द म्याच गौतम बुद्ध स्कुलका गोलकिपर सुभम राई घोषित भए ।

दोस्रो खेलमा गोदावरी स्कुल वाकओभरमा विजयी घोषित भयो । बिनायक स्कुल नभएपछि गोदावारीले वाकओभर पाएको हो ।

तेस्रो खेलमा सेन्टजोसेफ स्कुलले देवकोटा स्कुललाई ३-० गोलले पराजित गर्यो । सेन्टजोसेफका गोल गर्ने निशाद सिटौला दुई गोल र प्रनिश खड्काले एक गोल गरे । दुई गोल गर्ने निशाद सिटौला प्लेर अफ द म्याच घोषित भए । बुधबार पहिलो खेल ग्यालेक्सी र मदरल्याण्ड एकाडेमी बिच हुनेछ । सोही दिन दोस्रो खेल दर्पन र मोडर्न एरा स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

प्याब्सन विराटनगरको आयोजनामा भएको प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका छन् । प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपबिजेताले नगद ११ हजार रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्