विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह पीआइटीबाट खटिएको प्रहरी टोली लागुऔषध ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरेको छ ।
मंगलबार दिउँसो विराटनगर महानगरपालिका-१५ बाट विराटनगर- ३ का ३० वर्षीय सुनिल गडेरीलाई शंकास्पद अवस्थामा प्रहरीले फेला पारी चेकजाँच गर्दा उनको साथबाट ३८ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो।
लागुऔषधसहित पक्राउ परेका उनको घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।