विराटनगर। उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवासहित विराटनगरमा भीएन ग्रुप एजुकेशन कन्सल्टेन्सीले आफ्नो सेवा दिँदै आएको छ।
विशेष गरी उच्च शिक्षा अध्ययनका लागि जान चाहने विराटनगरका विद्यार्थीलाई लक्षित गरेर कन्सल्टेन्सीले आफ्नो सेवा दिँदै आएको छ।
विराटनगर -९ स्थित ट्राफिक चोक सञ्चालनमा आएको कन्सल्टेन्सीले परामर्श सेवासहित तयारी कक्षाहरु समेत सञ्चालन गरिरहेको भीएन ग्रुप एजुकेशन कन्सल्टेन्सीका विराटनगर शाखाका प्रमुख रितिक विश्वासले बताए।
विराटनगर तथा आसपासका क्षेत्रका विद्यार्थीलाई लक्षित गरी कन्सल्टेन्सी सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
उच्च शिक्षा अध्ययनका गर्नका लागि अमेरिका,क्यानडा,अष्ट्रेलिया,युके,जापान दक्षिण कोरिया,भारत लगायतको देशहरुमा जान चाहने विद्यार्थीहरुको परामर्शसहित सम्पूर्ण प्रक्रिया गरिने कन्सल्टेन्सीले जनाएको छ।
काठमाडौं,विराटनगर तथा विदेशमा अष्ट्रेलिया र जापानमा समेत कन्सल्टेन्सी शाखा रहेको उनले बताए। कन्सल्टेन्सीबाट अध्ययन गर्न जाने विद्यार्थीहरुले छात्रवृत्ति समेत पाउने गरेको उनले बताए। अध्ययनसँगै अवसरहरु पनि प्राप्त हुने कन्सल्टेन्सीको दाबी छ।
हाल कन्सल्टेन्सीले आयल्स,पीटी,जापानीज भाषा,डुओलिङ्गगोको कक्षासमेत संचालन भईरहेको छ।
अन्य कन्सल्टेन्सी भन्दा भीएन ग्रुप एजुकेशनले अध्ययन गर्न जाने जानेहरुका लागि सरल प्रक्रिया ,छात्रवृत्तिको व्यवस्था,सही परामर्श सेवा,कागजपत्रको पारदर्शीता, बैंकसगको सहकार्यमा शैक्षिक ऋणको व्यवस्थासहित अन्य सेवा सुविधा रहेको हुँदा विद्यार्थीहरुको रोजाइमा पर्ने गरेको शाखा प्रमुख विश्वासको दाबी छ।