स्वास्थ्य बीमा दर्ता सहयोगीको विराटनगरमा आन्दोलन

<span class='c1'>स्वास्थ्य बीमा दर्ता</span> <span class='c2'>सहयोगीको विराटनगरमा आन्दोलन</span>

विराटनगर । न्युनतम तलब सुविधा सहित १० प्रतिशत प्रोत्साहन रकम कायम गर्नुपर्ने माग सहित विभिन्न ७ सुत्रिय माग राखेर स्वास्थ्य बीमा दर्ता सहयोगीहरुको आन्दोलन सुरु भएको छ ।

विराटनगरस्थित कोशी स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेश कार्यालयमा मंगलबारबाट विरोध प्रदर्शन गर्दै आएका हुन् । तर बुधबारबाट भने कार्यालयका कर्मचारी सबैलाई बाहिर निकालेर धर्नामा बसेका छन् ।

स्थानीय तहमा रहेर काम गरिरहेका कोशी प्रदेशका स्वास्थ्य बीमा दर्ता सहयोगीहरुले स्वास्थ्य बीमा बोर्डको कार्यालय विराटनगरको प्रवेशद्धारमा ताल्चा लगाई सडकमा बसेर विरोध प्रदर्शन गरिरहेका छन् ।
दर्ता सहयोगी पद हटाई उचित पदको नामाकरण गरिनुपर्ने,न्यूनतम तलब तोक्नुपर्ने, पोषाकको व्यवस्था गरिनुपर्ने लगायतका माग राख्दै स्वास्थ्य बीमा दर्ता सहयोगीहरु यति बेला देश व्यापी आन्दोलनमा छन् ।

बीमा गरेबापत दिइने कमिसन कटाएको,कमिसनमा लाग्दै आएको १ प्रतिशत करलाई बृद्धि गरेर १५ प्रतिशत लिन थालिएको, २०७९ सालदेखिको कमिसनमा उल्टै जरिवाना गरेर वेरुजु देखाएको, महालेखाका कारण स्वास्थ्य बीमा दर्ता सहयोगीहरुमा निराशा पैदा भएको भन्दै आन्दोलनमा उत्रिन बाध्य भएको स्वास्थ्य बीमा दर्ता सहयोगी कोशी प्रदेशककी संयोजक गंगा सुवेदीले बताउनुभयो ।

आफुहरुको माग सम्बोधनका लागि महानगरपालीकाको स्वास्थ्य महाशााखा , मुख्यमन्त्री कार्यलय लगायत सम्बन्धीत निकाहरुको ज्ञापनपत्र बुझाउनेदेखी लिखित कार्यहरु गरिसकेको सुवेदीले बताउनुभयो । तर आफ्ना मागहरु पुरा नहुल्जेल सम्म अझ सशक्त रुपमा कडाईका साथ आन्दोलनमा जाने समेत उहाँले बताउनुभयो ।
यता स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पंडितले भने आन्दोलनरत स्वास्थय बीमा दर्ता सहयोगीहरुकोे मागको विषयमा केन्द्रसँग छलफल तथा अपडेट भईरहेको बताउनुभयो ।
दर्ता सहयोगीको शब्दलाई हटाई उचित पदको व्यवस्था गर्नुपर्ने , न्युतमत तलब सुविधा सहित १० प्रतिशत प्रोत्साहन रकम कायम होस् वा योगदान रकमको २५ प्रतिशत वृद्धी गरी मात्र १५ प्रतिशत कर कट्टी लगायतका ७ सुत्रिय माग राखेर स्वास्थ्य बीमा दर्ता सहयोगीहरु देशैभर आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्