विराटनगरमा ‘गाउँ आएको बाटो’ हेर्दा हेर्दै दयाहाङ पुगेपछि (फोटो फिचर)

<span class='c1'>विराटनगरमा ‘गाउँ आएको बाटो’ हेर्दा</span> <span class='c2'>हेर्दै दयाहाङ पुगेपछि (फोटो फिचर)</span>

विराटनगर । नबिन सुब्बाद्धारा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को यति बेला मुलुकभर चर्चाको विषय छ । झन्डै दुई दशकपछि नयाँ सोच र नयाँ अवधारणासहित झुल्किएको सुब्बाको अवगमनले नेपाली सिनेमा क्षेत्रमा एउटा छुटै आयम थपिएको छ ।

गत शुक्रबारदेखी मुलुकभरका हलमा गाउँ आएको बाटो प्रदर्शनीमा छ । यति बेला फिल्म प्रदर्शनीको समयमा फिल्मका कलाकार सहितको टोली पुर्वमेचीदेखी पश्चिम पोखरासम्म हिडिरहेका छन् ।

यसैक्रममा फिल्मका निर्देशक नबिन सुब्बासहित कार्यकारी निर्माता मणिराम पोखरेल, फिल्मका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई, बाल कलाकार प्रसन्न राई सहित फिल्ममा प्रहरीको भुमिका निर्वाह गरेका विराटनगरका कलाकार निरज ब्ल्याक विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा सहभागी भए ।

चलचित्र पत्रकार संघ नेपाल मोरङको समन्वयमा आयोजित पत्रकार सम्मेलनमा अन्य कलाकारहरुको पनि सहभागी थिए । गाउँ आएको बाटोलाई सबैले हेरिदिनको लागि निर्देशक नबिन सुब्बाले पत्रकार सम्मेलनमा आग्रह गरे । आफुले धेरै नै मेहनत अनि नेपालीपन कथावस्तुलाई समेटेर फिल्म क्षेत्रमा अर्को नयाँ आयाम थपेको सुब्बाले बताए ।
यो फिल्ममा आफुले धेरै मेहनत र आफ्नै समुदायको पात्रमा प्रस्तुत भएको दयाहाङ राइले पत्रकार सम्मेलनमा बताए । एउटै प्रकृतिको अभिनय गरेको आरोप पनि खेप्दै आएका दयाहाङले भने दर्शकले त्यो नजरले नहेरिदिनको लागी पनि आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनपछि हलमा छिरे दयाहाङ
‘गाउँ आएको बाटो’का कलाकारहरु अहिले पुर्वी शहरहरुमा दर्शकको माया लिन हलहलमा हिडिरहेका छन् । यसैबिच विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा मंगलबार पत्रकारहरुसँग भेटघाट तथा हलहरुको भिजिट थियो । चलचित्र पत्रकार संघ मोरङले समन्वय गरेको कार्यक्रममा फिल्मको जब्बो टोली नै आएको थियो ।

कार्यक्रममा सहभागी भएका कलाकारहरुलाई सेन्ट्रल मलका सिईओ विशाल न्यौपाने,मल्टिप्लेक्सका मेनेजर सत्यप्रकास , चलचित्र पत्रकार संघ मोरङका अध्यक्ष प्रेम देवानले खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए ।
झन्डै एक घन्टासम्म भएको कार्यक्रममा फिल्मी पत्रकारहरुले कलाकार , निर्देशक ,निर्माताहरुसँग फिल्मबारे छलफल गरे ।

उता १ नम्बर हलमा ‘गाउँ आएको बाटो’ चलिरहेको थियो । पत्रकार भेटघाट पस्चात हलमा पुगेका दयाहाङ लगायत अन्य कलाकारहरु देखेर दर्शकहरु उत्साहित बनेका थिए ।

अचानक हलमा फिल्मका कलाकार देख्न साथ दर्शक आफ्नो छोडेर कलाकारहरुसँग सेल्फी खिच्न तछाड र मछाड गरिरेका थिए ।

फिल्म हेरिसकेपछि अभिनयको प्रशंसा
यता सेन्ट्रल मल्टिप्लेक्समा फिल्म हेरेपछि अधिकांशले दयाहाङको उत्कृष्ट काम भन्दै प्रशंसा गरे । ‘माइला’ पात्रमा देखिएका दयाहाङ अभिनयलाई पनि धेरैले प्रशंसा गरे । बाल–कलाकार प्रसन्न राई ,पशुपति राईको पनि अभिनयले आफुहरुलाई बाल्यकालको झझल्को दिएको फिल्म हेरिसकेपछिका दर्शकले प्रतिकृया दिए । फिल्म हेर्न बालबालिकादेखी ७० बर्षका वृद्धा आमाबुबाहरुको पनि उपस्थिती थियो।

यता विराटनगरका सञ्चारकर्मीहरुले पनि फिल्म राम्रो बनको प्रतिक्रिया दिए । फिल्ममा एउटा विकट गाउँमा बाटो पुगेपछि आउने परिवर्तन, छोराका लागि बाबुले गर्नुपर्ने दायित्व बाबुछोराको मायाप्रेमलाई दर्शाउन खोजिएको छ ।

आमोद राईले निर्माण गरेको फिल्मलाई रामबाबु गुरुङको बाँसुरी फिल्म्स र निर्देशक सुब्बाको मेन्छायम पिक्चर्सको ब्यानरमा बनेको फिल्म गत जेठ २५ गते नेपाल लगायत बाहिरी देशहरुमा पनि प्रदर्शनी भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्