विराटनगर । विराटनगर महानगरपालिका १२ नम्बर वडाका वडाध्यक्ष कार्यालय समयमा नभेटिने गरेको जनगुनासो विगत लामो समयदेखी थियो । सेवाग्राहीहरु वडामा काम लिएर पुग्यो भने कहिल्यै नभेटिने गरेको उनीहरुले आवर विराटनगरलाई समेत बताईरहेका हुन्थे । कहिले कार्यालय नै बन्द गरेर घुम्न जाने त वडा कार्यालयबाट चुस्त र दुरुस्त सेवा नपाएको गुनासोहरु यावत हुने गरेका छन् । तर बुधबार वडा कार्यालयमा भने फरक दृष्य देखियो ।
कार्यालयमा बेथिति बढेको आरोप लगाउँदै नेकपा एमाले १२ नम्बर वडा कमिटीले २० बुँदे ध्यानाकर्षण पत्र वडाका जनप्रतिनिधीलाई अगाडी राखेर सुनाए । नेकपा एमाले १२ नम्बर वडाका अध्यक्ष भानुभक्त पाठक र सचिब अजय ढकालसहित सहभागी भएका स्थानीयले विराटनगर १२ का वडाध्यक्ष हिरालाल कामतलाई भेटेर ध्यानाकर्षण पत्र बुझाए । उनीहरुले बुझाएको पत्रमा वडाअध्यक्ष कामत कार्यालय समयसम्म नबस्दा सेवाग्राहीले सेवाबाट बन्चित हुनुपरेको भन्दै कार्यालय समयसम्म बस्न माग गरे ।
त्यति मात्रै हैन युवा, खेलकुद, विपद व्यवस्थापन जस्ता शिक्षामा छुटयाएको रकम के कति कारण र कुन निर्णयका आधारमा रकमान्तर गरिएको हो तत्काल सार्वजनिक गर्नुपर्ने ,सेवाग्राहीले कार्यालयबाट चुस्त र दुरुस्त सेवा नपाएको भन्दै गुनासो आएकाले कार्यालय व्यवस्थित ढंगले संचालन गर्नुपर्ने लगायत विभिन्न माग राख्दै वडाका सबै जनप्रतिनिधीलाई अगाडी राखेर ध्यानाकर्षण यसरी गराए ।
यता वडाध्यक्ष कामत माथि लागेका गम्भिर गम्भिर प्रस्नले केही रातो पिरो भए । तर पनि उनले यसको जवाफ दिएर छाडे । उनले सबैको सामु भने वडाको काम लिएर महानगरपालिका र बाहिर जाँदा वडा सदस्य कुशेस्वर राजवंशीलाई दिएर जाने गरेको स्पष्ट पारे ।
सेवाग्राहीलाई सहजता प्रदानको गर्नको लागि आफू नहुँदा सदस्यलाई कार्यवहाक दिएको र काममा बाधा नपरेको प्रतिक्रिया दिए ।