‘विराटनगरमा अस्वस्थ्य माछा बिक्री हुन्छ, अनुगमन हुँदैन’

<span class='c1'>‘विराटनगरमा अस्वस्थ्य माछा बिक्री</span> <span class='c2'>हुन्छ, अनुगमन हुँदैन’</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकामा भारतबाट ल्याएको अस्व्स्थयकर माछा बिक्री हुने गरेको व्यापारीहरुले बताएका छन् । सीमामा सशस्त्र प्रहरीको सेटिङमा भित्रने गरेको माछा बजारमा महानगरपालिकाको न्यून अनुगमनका कारण खुल्ला रुपमा बिक्री हुने गरेको गुनासो गरिएको हो ।

माछा व्यापारी मालबाबु सहनीले नयाँ गुद्रीामा समेत अस्वथ्य माछा बिक्री भईरहेको दावी गरे । उनले नयाँ गुद्रीमै भारतबाट अवैध भित्रिएको माछा बिक्री भईरहेकोले बाँकी स्थानको विषयमा कुरै नगरेपनि हुने बताए । गुद्रीमा ल्याईने माछा खान योग्य छ या छैन यकिन नगरी व्यापारीहरुले मरेको माछा समेत बेचिरहेका हुन्छन् । साथै प्रतिबन्धित मुङग्रीमाछा समेत बिक्री भईरहेको छ । ‘नयाँ गुद्रीमा बिक्री भईरहेको अखाद्य माछा हो, यहाँ खान योग्य छ वा छैन भन्ने यकिन गरिएको हुँदैन’ व्यापारी सहनीले दावीसहित भने । यस विषयमा महानगरपालिका समेत मौन रहेको उनको गुनासो छ । उनले तस्करहरुले अखाद्य माछा ल्याएर बजारमा बिक्री गरिहरँदा सम्वन्धित निकायको ध्यान किन आकर्षण हुदैन ?

उनले गुद्री प्रतिबन्धित माछाहरु समेत बिक्री हुने गरेको बताए। राजस्व चुहावट भएर आएका माछाहरु स्थानीय बजारमा छ्याप्छ्याप्ती पाईने तर निकायहरु मौन हुँदा आश्चर्य लाग्ने बताउछन् । महानगरको अनुगमन टोलीले अनुगमन गर्दा माछा व्यावसायि संघका प्रतिनिधि नराख्ने गरेको उनको गुनासो थियो ।

महानगरको अनुगमन यसैगरी फितलो हुने हो, उपभोक्ताले अखाद्य माछा खान बाध्य हुने उनको दावी छ । उनले पुरानो गुद्रीमा समेत कतिपयले माछा छिराउने गरेको बताए । यसैगरी विराटनगरका हटियाभरी पनि मुङ्ग्री माछा र भारतबाट अवैध माछा भित्रने गरेको उनको दावी छ ।

यता महानगरपालिकाको पशुपंक्षी विकास शाखा प्रमुख शुभनारायण यादवका अनुसार वर्षको ३६ देखि ४० दिन माछामासु पसलको अनुगमन गरिन्छ । तर, यस वर्ष हटियामा बिक्री भईरहेका माछा मासुको अनुगमन नगरीएको बताउँछन् । सबै तिर अनुगमन सम्भव नभएकोले यसवर्ष खुल्ला रुपमा बिक्री वितरण भईरहेका माछामासुको अनुगमन नगरिएको जानकारी दिए । यसरी नजिकै खुल्ला सिमा हुँदा बजारमा अखाद्य माछाको बिक्री बढी हुने सम्भावना हुन्छ ।

लामो बाटो माछा ओसारपसार गर्दा सामान्यतया २ देखि ८ डिग्री सेल्सियससम्म तापक्रम चाहिन्छ।
यस्तै कतिपय अवस्थामा माछालाई लामोसमयसम्म ताजा राख्न फर्मालिनको प्रयोग हुन्छ । फर्मालिन मानव स्वस्थ्यको लागि हानिकारक हुन्छ। फर्मालिन प्रयोग भएको माछा उपभोग गर्दा निकै पेट दुख्ने, वान्ता हुने, अत्याधिक फर्मालिन प्रयोगले मानिसलाई कोमामा पुर्याउने देखि मृत्यु समेत हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्