डुब्छ भन्ने जहिल्यैको गुनासो, निकास खोज्न छैन हतार

<span class='c1'>डुब्छ भन्ने जहिल्यैको गुनासो,</span> <span class='c2'>निकास खोज्न छैन हतार</span>

इन्दु साह
विराटनगर । विराटनगर–१५ का वडा अध्यक्ष प्रकाश साहलाई शुक्रबार वडावासीले कार्यालयमा घेरे । स्थानीयको माग थियो–वर्षेनी डुबानको जोखिममा रहेको वडामा पानीको निकास किन नखोलिएको ? वडा अध्यक्षलाई दवाव दिदैं स्थानीयले दवाव दिएको यो पहिलो पटक हैन । विगत ५ वर्षदेखि पानीको निकासा नहुँदा विराटनगर १५ का वडावासी डुबानबाट पीडित बन्दै आएका हुन् ।

वर्षातमा हुने डुबानले पीडित वडावासीलाई राहत दिन राजमार्गसँग समानान्तर हुने गरि पानीको निकासका लागि नाला निर्माण गर्ने कुरा गतवर्ष नै भएको थियो । त्यस अनुसार योजना निर्माण पनि भएको थियो, तर कार्यान्वयन भने अर्को वर्षात् आउँदासम्म पनि भएको छैन । जसको रिस वडा अध्यक्षमाथि स्थानीयले शुक्रबार पोखेका थिए ।

विराटनगर १५ का वडा अध्यक्ष साहका अनुसार दैनिकजसो स्थानीयको गुनासो सुन्नुपर्ने अवस्था छ । ‘बाटो हिड्नै हुन्न जनताले घेरिहाल्छन्’ अध्यक्ष साहले भने–अब हुन्छ, अब भईहाल्छ भन्दा भन्दै गतवर्षयता धेरै याम कटेर पुनः वर्षायाम आइसक्यो । उनले महानगरस्तरीय बजेटबाट पानी निकासका नाला बनाउने योजना रहेको बताए । झण्डै एक किलोमिटर जति दुरीमा नाला बनाउँदा तत्काल डुबानको समस्या हल हुने उनको बुझाई छ ।

थोरै काम गर्ननसक्दा वर्षेनी एकहजार ५०० घरधुरी डुबानको जोखिममा पर्ने गरेको अध्यक्ष साहको भनाई छ । वर्षेनी पीडामा पर्ने नागरिकले वडा अध्यक्षलाई गर्ने गुनासो महानगरपालिका भित्र सबैलाई जानकारी भएपनि कार्यन्वयन कमजोरीले हैरान पारेको उनी बताउँछन् । विराटनगर महानगरापलिका शहरी पूर्वाधार तथा योजना महाशाखा प्रमुख अर्जुन थापाले योजना निर्माणको कामका लागि स्थलगत रुपमा काम भईरहेको बताएका छन् । उनले प्रारम्भिक चरणको काम सकाएको बताए । विराटनगरको दक्षिणी क्षेत्रका वडामा डुबानको समस्या छ । विराटनगर–१४, १५, १२, १६, १७, १८ पनि डुबानको जोखिम वडामा पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्