विराटनगर। एनएमबी बैंक विराटनगरले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल रेडक्रस सोसाइटी विराटनगरसँगको सहकार्यमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राहीहरूसहित ३७ जनाले रक्तदान गरेका थिए। उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राहीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। रक्तदाताहरूलाई सम्मान स्वरूप बैंकका विराटनगर शाखा प्रमुख रमेश अधिकारीले प्रशंसा पत्र प्रदान गरेका थिए।
"विश्व रक्तदाता दिवसको अवसरमा रक्तदानको लागि ३७ जनाको उल्लेखनीय सहभागिता रह्यो," कार्यक्रम संयोजक सन्तोष प्रसाद दाहालले जानकारी दिए, "हामीले यस्ता सामाजिक दायित्वमा निरन्तर सहभागी हुँदै आएका छौं।"
बैंकका कर्मचारी तथा सेवाग्राहीहरूबाट उत्साहजनक सहभागितालाई कार्यक्रमले सफलता प्राप्त गरेको उनले बताए। रक्तदान कार्यक्रमले रगतको अभाव पूर्ति गर्न र समाजमा सकारात्मक सन्देश फैलाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
मानवीय सेवा तथा सामाजिक कार्यहरूमा आफूलाई प्रतिबद्ध बनाउँदै एनएमबी बैंकले यस्ता कार्यक्रमहरू निरन्तर गर्दै आएको बताइएको छ।