मानगढको पानी पार्टीमा, एमाले मोरङलाई मात–लर्बराउँदै विराटनगर कमिटी

<span class='c1'>मानगढको पानी पार्टीमा, एमाले</span> <span class='c2'>मोरङलाई मात–लर्बराउँदै विराटनगर कमिटी</span>

विराटनगर । खानेपानी उपभोक्ताको नेतृत्व लिने होडबाजी आन्तरिक पार्टी पंक्तिभित्रै चल्दा नेकपा एमाले मोरङ नराम्रोसँग बिभाजित हुने स्थितिमा पुगेको छ । जिल्ला कमिटिलाई नै नराम्रोसँग गाँज्ने अवस्थामा श्री विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मानगढ खानेपानीको गत जेठ १९ गते भएको निर्वाचनले पु¥याएको हो ।

निर्वाचनमा एमालेका दुई उमेदवार लालमणी भट्टराई र राम घिमिरे थिए । काँग्रेस निकट दुर्गा चापागाँई समेत अध्यक्ष प्रत्यासी रहेकी थिइन् । २५ वर्षदेखि एकै व्यक्ति घिमिरे, मानगढ खानेपानीको नेतृत्वमा गईरहेको भन्दै लालमणी भट्टराईले उमेदवारी दिएका थिए । सेवा मुलक संस्था भित्र एकै व्यक्ति स्थापीत गरेर घिमिरेसँग सिंगो पार्टीको ‘भेस्टेड इन्ट्रेस्ट’ जोडिदाँ त्यसको असरले एमाले मोरङ लुथ्रुक्कै भिज्ने अवस्थामा पुगेको हो ।

निर्वाचन प्रक्रियामा राम घिमिरे समूहले सत्ता र शक्तिको दुरुपयोग गरेका कारण मतदान सम्पन्नउन्मुख हुँदा सिर्जना भएको विवाद अहिले अदालतमा विचाराधिन अवस्थामा रहेको छ । जसको असर मानगढ खानेपानी आयोजनामा नयाँ नेतृत्व चयन हुन सकेको छैन । पुनः निर्वाचन भएमा पनि एमाले भित्रको लडाँई मुखरित हुने देखिएको छ ।
नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले मानगढको निर्वाचनमा लालमणी भट्टराईले उमेदवारी दिएको र उनलाई सहयोग गरेको भन्दै महानगरपालिकाका अध्यक्ष सागर थापा र सचिव नवराज नेपाललाई अनुशासनको कारवाही गर्दै पार्टीको संगठित पद तथा सदस्यता समेत निलम्बन गरेका छन् । यसैगरी यसैगरी भट्टराई समुहलाई सहयोग गरेको आरोपमा युवा नेता मुकेश बुढाथोकी, सन्दिप पोखरेल र सुरज न्यौपानेलाई स्पष्टीकरण पेस गर्न लिखित निर्देशन छ ।

खानेपानी उपभोक्ता संस्थाको निर्वाचनले सिंगो पार्टी प्रभावित बनाउने अवस्था आएको देख्दा जेठ १९ मा मतदान गरेर फर्केकालाई समेत आश्चर्य बनाएको छ । एमाले मोरङका अध्यक्ष कार्कीले संस्थागत रुपमा राम घिमिरेलाई अध्यक्ष बनाउने निर्णय विरुद्ध गएका कारण कारवाही गर्नुपर्ने स्थिति आएको बताए । उनले यसमा प्रदेशका इन्चार्ज र जिल्लाका इन्चार्जलाई नोटिस दिएर प्रक्रिया बढाइएको बताएका छन् । एमाले कोशी प्रदेशको इन्चार्ज रघुबिर महासेठ हुन् भने मोरङ इन्चार्ज हिक्मत कार्की । महासेठ संघीय सरकारको उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री र कार्की कोशीका प्रदेशका मुख्यमन्त्री रहेका छन् ।

पार्टीका उपल्लोस्तरका नेता समेत संलग्न भएर वडामा पानी वितरण गर्ने उपभोक्ता संस्थाको नेतृत्वमा हानथाप गर्ने कार्यले संस्था भित्रको पारदर्शितामा समेत प्रश्न उठाएको छ । मानगढका अध्यक्ष राम घिमिरे अपारदर्शि ढंगले चल्दै आएको घटना बाहिरिएका थिए । उनले यस अगाडीको कार्यसमितिका सचिव र कोषाध्यक्षलाई कारवाही गरेर हटाएर झ्यालबाट सचिव र कोषाध्यक्ष प्रवेश गराएका थिए । त्यसपछि मनमौजी रुपमा मानगढ खानेपानीको नाममा जग्गा खरिद गर्दा करोडौं अनियमितता गरेको आरोप समेत थियो । यस्तो संस्थामा उनै व्यक्तिलाई दोहो¥याउनै पर्ने बाध्यतामा रहेका एमाले मोरङको पार्टी, जिल्लाका इन्चार्ज र प्रदेशका इन्चार्ज समेतलाई खानेपानीले नराम्रोसँग नशा लगाई दिएको छ ।

एमाले भित्र मोरङमा बिनोद ढकाल समुहलाई निस्तेज गर्ने अस्त्रको रुपमा मानगढ खानेपानीको निर्वाचनलाई इस्यु बनाएको भनाईहरु समेत रहेका छन् । पछिल्लो समय ढकाल समुहलाई पेलेर जाने योजनामा मानगढको पानी मिसिँदा एमालेको संस्थागत समूहलाई मात लागेको देखिन्छ, एक कार्यकर्ताले भने । ती कार्यकर्ताका अनुसार अहिले मोरङमा एमाले कमजोरी दोहो¥याउने अवस्थामा रहेको छ । त्यसको मतलज हुलहुज्जत गर्ने समूह एमाले मोरङमा हावी हुँदै, इमान्दार कार्यकर्ता साइड लाग्ने अवस्था रहेको छ ।

कारवाही परेका एमाले महानगरका अध्यक्ष सागर थापाले मानगढको निर्वाचनले जिल्लाको पार्टी कमजोर बनाउने प्रयत्नमा बाहिरी जिल्लाका तर पार्टीको जिम्मेवारीमा खटिएकाहरु संलग्न रहेको आरोप लगाएका छन् । उनले जिल्लाको पार्टीले बेहोर्ने क्षतिले सबैभन्दा पहिले त्यहि जिल्लाका कार्यकतालाई दुख्ने भएकोले प्रतिरोध र प्रतिवाद गरेर अगाडी बढ्ने बताए । ‘जतिबेलासम्म हामीले एमाले बचाउन लाग्यौं, त्यतिबेलासम्म अरुले सक्ने प्रयास गरिरहे’ थापाले भने–जोगियो भनेपछि जोगाउनेहरुलाई कारवाही गराउन थालेका हुन्, यसले सबैलाई क्षति पु¥याउँछ । थापाले मानगढ खानेपानीको निर्वाचन पुनः भएपनि उमेदवारी खडा गरेर संस्थागत भ्रष्टचार बिरुद्ध केन्द्रीकृत हुने बताए । उनले पुनः निर्वाचन भए मोर्चाबन्दी गरेर घिमिरे बिरुद्ध उभिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्