विराटनगर । आदीवासी जनजाति समुदायलाई उद्घोषण एव आदिवासी जनजाती अधिकार विषय सात दिने तालिम सुरु भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद विराटनगरको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा उक्त तालिम सुरु भएको हो।
सात दिनसम्म संचालन हुने सो तालिमको सहजीकरण नेपाल आदिवासी जनजाति महासंघ मोरङका अध्यक्ष दिल बहादुर थेबे, डिग्री क्याम्पस विराटनगरका क्याम्पस प्रमुख ढक बहादुर मगर, नगर समन्वय परिषदका अध्यक्ष सुरेस सिंह गनगाई लगायत तालिमको सहजीकरण गर्नेछन्।
उक्त तालिममा विराटनगर महानगरपालिका भित्रका १८ जातिका ६० जनाको सहभागिता रहेको छ ।