टिभिआरएस प्रणाली विराटनगरमा प्रभावकारी

<span class='c1'>टिभिआरएस प्रणाली</span> <span class='c2'>विराटनगरमा प्रभावकारी</span>

इन्दु साह
विराटनगर । ट्राफिक नियम उल्लङ्घन र ट्राफिक जरिवाना भुक्तानीमा टिभिआरएस प्रणाली प्रभावकारी भएको दावी गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि मोरङको विराटनगरमा कार्यान्वयनमा आएको यो प्रणाली प्रयोगले ट्राफिक कारबाहीलाई सहजीकरण गरेको हो ।
ट्राफिक नियम उल्लङ्घन र ट्राफिक जरिवाना भुक्तानी सम्बन्धी प्रणाली (टिभिआरएस) ट्राफिक नियम व्यवस्थापनमा सहजीकरण गरेको जिल्ला ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले बताए ।

यो प्रणाली विराटनगर महानगरपालिकामा भने प्रभावकारी देखिएको छ । यो प्रणलीमा ट्राफिक नियम उल्लङ्घन गरी जफत गरिएका कागजपत्र फिर्ता लिन र जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म पुग्नुपर्ने झन्झट हुँदैन । ट्राफिक नियम उल्लङ्घन गर्नेहरूको अभिलेख संकलन गरी कारवाही गर्न ट्राफिक प्रहरीलाई सहज भएको छ । साथै ट्राफिक प्रहरीले अनावश्यक पैसा लिन्छ भन्ने मानसिक्ता हटेर जाने न्यौपानेले बताए ।

उनका अनुसार समयसापेक्ष यस्तो प्रविधि मैत्रि हुनुपर्ने आवश्यकता रहेको अनुभव छ । यस प्रणाली मार्फत ट्राफिक प्रहरीले विभिन्न ट्राफिक नियम उल्लंघन गरेबापत जारी गर्ने चिट र कारबाहीको विवरण अभिलेखमा राखिन्छ । कुनै पनि सवारी चालकले गरेका सवारी सम्बन्धी कसूरहरूको अभिलेखका आधारमा कति जरिवाना तिर्नु पर्ने हो यस प्रणालीले स्वचालित रूपमा निर्धारण गर्दछ । पटके कसूरहरूको विवरण पनि यस प्रणालीले आफैँ हिसाब राख्दछ त्यसैले टिभिआरएस प्रणालीको प्रभावकारिता विराटनगरमा राम्रो भएको न्यौपानेले जानकारी दिए ।

मोवाईल मार्फत बैक खाता चलाउन नजान्ने अथवा बैक खाता नै नहुनेहरुको लागि भने अलि झन्झटिलो हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्