विराटनगर । विराटनगरका सडकमा छाडिएका घरपलुवा चौपायलाई नियन्त्रणमा लिदै विराटनगर महानगरपालीकाले घरधनीलाई जरिवाना तिराउदै आएको छ । जथाभावी सडकमा छाडिएका चौपायले गर्दा सवारी दुर्घटना हुने गरेका कारण महानगरपालिकाले नियन्त्रणमा लिदै आएको छ ।
विराटनगरका सडकमा नियन्त्रणमा लिएका चौपायका घरधनीलाई पहिलो पटक सम्झाई बुझाई गर्ने गरेको तर पटक पटक सम्झाउदा पनि अटेर गरेपछि जरिवाना तिराउने गरेको विराटनगर महानगरपालीकाका प्रहरी निरीक्षक राजन पौडेलले बताउनुभयो । ‘हामीले ३ पटक सम्म सम्झाई बुझाई गछौँ,’ पुन पटक पटक सडकमा छाडिएको भेटिए बाख्रा धनीलाई ५ सय , गाईको २ हजार र भैँसीलाई २५ सय तिराउने गरेका छौँ ।’ विराटनगरको सडकहरु एक त सानो छ ,त्यस माथी जथाभावी घरपलुवा जनवार छाड्दा सडकमा सवारी साधनहरु आउजाउमा समस्या , अस्तव्यस्त हुने गरेका कारण नियन्त्रणमा लिदै आएको पौडेलले बताउनुभयो ।
चालु आर्थिक वर्ष २०८०/८१ जेठ अन्तिमसम्म बाख्रा, गाई र भैँसी गरेर १ लाख २४ हजार रुपैयाँ जरिवाना गरेर राजश्व संकलन गरेको छ ।
आर्थिक वर्षमा बाख्रा १ सय ५१ वटा , गाई १८ र भैसी १ गरेर उक्त रकम बराबरको राजश्व संकलन गरेको महानगरले जनाएको छ ।