सडक तथा नाला निर्माण ढिला भएको गुनासो लिएर महानगर

<span class='c1'>सडक तथा नाला निर्माण ढिला</span> <span class='c2'>भएको गुनासो लिएर महानगर</span>

इन्दु साह
विराटनगर । सडक तथा नाला निर्माण ढिला भएको भन्दै विराटनगर–१४ का स्थानीयले मंगलबार महानगरपालिकामा गुनासो लिएर पुगेका छन् । भगवती मार्गको काम अलपत्र भएको भन्दै वर्षात् अगावै सकिदिन मागसहित उनीहरुले महानगरपालिकासँग अनुरोध गरेका हुन् ।

सडक तथा नाला निर्माण ढिलाई हुँदा वर्षात्मा डुबान समस्या बेहोर्नुपर्ने स्थिति आउने उनीहरुको दावी छ । स्थानीय लिला प्रधानले धेरैतर्फ कनेक्सन जोडिएको भगवती मार्ग निर्माणमा ढिलासुस्तीले समस्या आउनसक्नेतर्फ महानगरपालिका सचेत हुनुपर्ने बताइन् । उनले महानगरपालिकाका मेयर नागेश कोइरालालाई नै भेटेर ध्यानाकर्षण गराउन चाहेपनि बिदा परेकोले भेट्न नसकेको बताइन् ।

निर्माणाधिन चरणमा रहेको सडक तथा नालामा सामाग्री राखिदाँ समेत असजिलो परेको बताइएको छ । विद्यालयका बसहरु आवतजावतमा समस्या परिरहेको स्थानीयको गुनासो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्