तेस्रो प्याब्सन कप : फाइनलमा डिपिएस र ग्यालेक्सी भिड्दै

<span class='c1'>तेस्रो प्याब्सन कप : फाइनलमा</span> <span class='c2'>डिपिएस र ग्यालेक्सी भिड्दै</span>

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) र ग्यालेक्सी स्कुल पुगेको छ । असार ६ गते विराटनगरको सहिद मैदानमा हुने फाइलनमा उपाधिको लागि डिपिएस र ग्यलेक्सी भिड्ने भएका हुन् ।

मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा डिपिएसले गोदावारी स्कुललाई ४-० गोलले पराजित गर्यो । जितको लागि डिपिएसका इमान खवास र जेनियूल विष्टले समान २-२ गोल गरे । खेलको प्लेर अफ द म्याच विष्ट घोषित भए । पहिलो सेमिफाइनल खेलमा मोर्डन एरा स्कुललाई टाइब्रेकरमा ३- २ गोलले हराउँदै ग्यालेक्सी फाइनलमा पुगेको थियो ।

प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका छन् । प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपबिजेताले नगद ११ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न कबिर ५ लाख रुपैयाँ लाग्ने प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । प्रतियोगिताको विभिन्न ८ वटा विधामा पुरस्कार वितरण गरिनेछ ।

विद्यालय स्तरबाट फुटबल खेलको विकास गर्नुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्